Headlines

सहकारीबाट पैसाल लिएको सरकारवाली भएकीले म निर्दोष:कांग्रेस सांसद राइ

नेपालको कम्युनिष्ट पार्टी नेतृत्व सरकारले एक पछि अर्को भ्रष्टाचार जोगाउन सेट गर्ने र अपराधी जोगाउने, पिडितलाइ पान्छाउने र अन्यलाइ राजनैतिक प्रतिसोध साँध्ने काम गर्दै आएको छ। 

पछिल्लो समय स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा वैशाख १३ गते पक्राउ परेकी सत्ता साझेदार नेपाली कांगेसकी सांसद समेत रहेकी माया राईले सहकारीको सञ्चालक समितिको बैठक पुस्तिकमा भएका हस्ताक्षर आफ्नै भएको, पैसा पनि लिएको तर सत्तावाली भएकीले आफू निर्दोष हुने जवाफ दिएकी छन्।

सोहि प्रकरणमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने भने, पैसा पनि नलिएको, हस्ताक्षर नै नभएको, निवेदन पनि नदिएको, संचालक पनि नभएको भएपनि राजनीतिमा आएपछि कांग्रेस-एमाले, माओलाइ राजनैतिक चुनौती भएकाले जबरजस्ती जेलमा छन्।

यस्ता बिषयमा अदालतको फैसला के आउला त्यो हेर्न बाँकीछ तर अनुसन्धान प्रक्रिया भने पुरै नियोजित छ भन्ने प्रमाणित भयो। अबको नेपाली राजनीतिमा ठुला भनिएका दलहरुको रवैयाले उनीहरु आफ्नै फस्ने लाइन देखियो। अब कांग्रेस र एमाले मिलेर राइलाइ जोगाउने कथा बनाउने काम भएको कुरा उनको बयानले प्रष्ट पार्दछ।