स्याङ्जा, पुतलीबजार नगरपालिका-११ जाँडखोला उनियाचौरस्थित माझीडाँडा जंगलबाट एकनाले भरूवा बन्दुक १ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुतलीबजार नगरपालिका-१० धिमाटी बस्ने ४४ वर्षीय खर्क बहादुर गुरूङ र सोही नगरपालिका-११ फापरथुम बस्ने ४३ वर्षीय सोम बहादुर गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक सहित दुई जना पक्राउ
