Headlines

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपाल प्रहरी, इलाम, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुली गाउँपालिका-६ तोरीबारी बस्ने ५१ वर्षीय हेम बहादुर विश्वकर्मालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । हेम बहादुरले ती बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a Reply