अहिलेको एमाले नेतृत्वको सरकार इतिहासमा सबै भन्दा धेरै विवादित, भ्रष्ट्र र निर्दयी सरकार सावित भएको छ। राज्यका सबै शक्ति नागरिकलाइ सताउने, दुख दिने, दोषी बनाउने र रैती बनाउने काममा लागि मात्र परेको छैन कानु पनि बनाउन थालेको छ।
यो सबै कुरामा कांग्रेस नेता गृहमन्त्रीको संलग्नता देखिएको छ। त्यसैले यसपटकबाट गृहमन्त्री रमेश लेखकको राजनीति गिर्दो रहेको कुरा नेपाल बिधार्थी संघका केन्द्रिय सदस्यले बताए। यति मात्र होइन आगामी चुनावमा उनको सीट धरापमा परेको छ। यो खड्गप्रसाद ओली नेतृत्वको सरकारमा गृहमन्त्रालय बिग्रिएको छ, निर्दयी भएको छ।
तर परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वको परराष्ट्रमन्त्रालयको संबन्ध भने सुध्रिदै गएको छ। परराष्ट्रका सेवाहरु सहज हुँदै गएका छन्। एमालेले पेलेका नीति बाहेको मन्त्री देउबाका गतिबिधिमा भने सुधार देखिएको छ।
एमाले सारकारमा नहुँदो हो त भारतसँगको संबन्ध पनि सुध्रने थियो। तर अमेरिका, चीन, बेलायत, युरोप, अष्ट्रेलिया, जापान, कोरिया, मध्येपूर्व लगायतका देशहरुसँग संबन्धि सुधार आएको छ।