एमाले पार्टीको छत्रछायाँमा कर छली गरेर डिलमा मिलाउने कुरा नयाँ होइन। जब-जब एमाले सराकारमा हुन्छ यस्तो घटना बढेको छ। एनसेल होस्, बत्तिका महसुल हुन् या पप्पु कन्स्ट्रक्शन डिल पैसाको हुन्छ। एमालेले छत्रछायाँ नगर्ने हो भने त्यो पैसा ६ महिनामा उठ्छ।
नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालयम, केन्द्रीय तहसिल कार्यालयले ५३ करोड भन्दा बढी सरकारी बाँकी रकम तिर्न ताकेतासहित पप्पु कन्ट्रक्सनको नाममा ३५ दिने सूचना जारी गरेको छ। यो पप्पु कन्स्ट्रक्सनका सुनिल रौनियार र कोशी एण्ड न्यौपाने निर्माण सेवाका भावेश बोहोरा समेतको नाममा यस्तो जारी गरिएको देखिन्छ।
उठाउनु पर्ने कुल रकम ५३ करोड ३४ लाख ४ हजार ६५० रुपैयाँ तोकिएको समयभित्र उक्त रकम तथा त्यसमा लाग्ने ब्याज समेत दाखिला गर्न सूचना छ। तर त्यो कम्पनि असनको साँढे जस्तै चुप छ। यसको कारण हो एमाल पार्टीको छत्रछायाँमा ब्याकडोर डिल पहल।