उस्तै केहि हुन्न सबै फरक हुन्छन:फिल्मी ज्ञानबाट

Spread the love

कृष्ण के सी, अमेरिका, मार्च १५, २०२५
।।१।।
लाइनमा बनेका चिट्टक्कका घरहरु उस्तै देखिन्छन
तर
हरेकको झ्याल-ढोकाबाट देखिने दृश्य फरक हुन्छन
।।२।।
हरेकको ज्यानमा एउटा एउटा मुटु हुन्छन
तर
हरेकका मुटुको धड्कन फरक फरक हुन्छन
।।३।।
हरेकका अनुहारमा एक एक जोर आँखा हुन्छन
तर
हरेकका आँखाले फरक फरक दृश्य हेर्छन
।।४।।
हरेकको गलाबाट सुन्दर आवाज निस्कन्छन
तर
हरेकको आवाजले फरक फरक पहिचान दिन्छन
।।५।।
दुनियाँमा हामी सबै मान्छेलाइ भगवानले नै बनाए
तर पनि
हामी उस्तै छैनौं फरक फरक छौं
।।६।।
कहिले काहिँ त म आफैंलाइ शंकै लाग्ने
कतै
म आफैंमा त फरक छैन ?
#कृष्णार्पण

One thought on “उस्तै केहि हुन्न सबै फरक हुन्छन:फिल्मी ज्ञानबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *