Headlines

एनआरएनमा रसियन माफियाहरुको समय, निभ्ने बेलाको बत्ति धिपिक्क बाँकी 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आगामी मे महिनाको ३-५ सम्म काठमाडौँमा संघको महाधिवेशन आयोजना गरेको छ। अहिले सम्म समितिले ११ वटा बैठक बसेर महाधिवेशनको लागि आवश्यक सबै निर्णय पुरा गरिसकेको जनाएको छ। केवल केहि कार्यान्वयन पक्ष मात्र बाँकी छन।

समितिलाई नेपालको सर्वोच्च अदालतको परमादेश र नेपाल सरकार परराष्ट्र मन्त्रलयको लिखित पत्र र परराष्ट्र मन्त्री डा. आरजु देउबाले आफ्नो कार्यकक्षमा दुइ-दुइ पटक उच्चसतारीय समितीलाइ बोलाएर बैठक गर्दै स्पष्ट रुपमा तोकिएकै समयमा महाधिवेशन गर्न निर्देशन दिएको अवस्था हो।

अर्कोतिर बिगत २२ बर्ष देखि नेपाल र नेपालीको नाममा लगानि अनि अरु के के प्रपन्च रचेर निजि स्वार्थमा जमेका रसियन माफियाहरुले हरेक पटक संघ र आम गैर आवासीय नेपाली (एनआरएन) हरुको लागि केहि राम्रो काम नै गरेका छैनन। यति मात्र होइन हरेक पटक केहि राम्रो निर्णय र योजना सुरु भयो भने त्यसमा अबरोध गर्ने गरेका छन्। चाहे त्यो पूर्व अध्यक्ष देवमान हिराचनको पालामा होस् या पूर्व अध्यक्ष डा. शेष घलेको पालामा होस। बाँकी कुनै पनि आध्यक्षको पालामा लुटान मात्र गिएको छ आम एनआरएनका काम भएका छैनन। कुमार पन्तको पालाम त पुग्दा त संघ नै टुक्रा-टुक्रा भयो। उनीहरुले एउटा पनि राम्रो काम गरेको उदाहरण छैन।

रसियन गुटले कहिले च्यारिटीको नाममा भ्रष्टाचार गरे त कहिले लगानीको नाममा। कहिले कसैलाइ बचाउ अभियानको नममा त कहिले कोरोना-आइएलओ काण्डमा। त्यसैगरी कहिले सानिमा त कहिले काकीमा को नाममा। अहिले आएर एमाले दल बोकेर बितण्डा मच्चाउन तल्लिन छन्। एनआरएनहरुको आफ्नै भवनमा एनआरएनहरुलाइ नै एमाले दलका गुण्डा लगाएर पिटाउछन् उनीहरु।

अब महाधिवेशन हुन केवल केहि हप्ता बाँकी छ। यो पटक एनआरएन ऐन अनुसारका सबै एनआरएनहरु सदस्य बन्न पाउँछन। सबै पंजीकृत सदस्यहरु महाधिवेशन प्रतिनिधि हुन पाउँछन्। तर प्रतिनिधि नेपाल जानुपर्छ। यो देखेर उनीहरु अतालिएका छन्। उनिहरु नाङ्गेझार मात्र होइन अदातलको परमादेशको अपहेलना गरेकाले जेल नै जाने आधार छन्। त्यो समय पनि छिट्टै नआउला भन्न सकिन्न।एनआरएनकै योगदानले तलब खाएर बसेका मुख्य कर्मचारी भनिएका राजेन्द्र राउतको पनि अन्तिम समय आउन लागेको छ।

बिश्वभरिका एनआरएनहरु अहिले सक्रिय रुपमा मे ३-५, २०२५ मा आयोजित महाधिवेशन सफल रुपम सम्पन्न गर्न लागि परेका छन्। मन्त्रलयका उच्च अधिकारीहरुको अनुगमनमा सबै काम हुँदै गएका छन। कानुनका विज्ञ नै निर्वाचन समितिमा छन्। एमाले बाहेक सबै दलले यो महाधिवेशन सफल पार्न सपोर्ट गरेका छन्। 

तर निभ्ने बेलाको बत्ति एक पटक बेजोडले बल्छ अनि धिपिक्क निभ्छ भन्ने कुरा हामी सबैलाई थाहा छ। ठिक त्यसैगरी अहिले एनआरएनएका रसियन माफिया गुट उपेन्दर महतो, जिबा लामिछानेहरु अन्तिम बेलामा पुगेका छन्। धिपिक्क हुने बेलामा पुगेका छन्।  

उसै पनि आगामी निर्वाचनमा कांग्रेसबाट समानुपातिक टिकेट किन्ने तयारीमा बसेका जिबा लामिछानेको कांग्रेसबाट आशा मरेपछि एमाले अध्यक्ष खड्गप्रसाद ओलीकोमा टिकेट किन्न पुगेका छन्। उपेन्द्र महतो त एमाले कार्यकर्ता नै हुन्। बहिनी ज्वाई महासेठको दाइजोमा एमालेमा गएका छ। त्यसैले अहिले रसियन माफिया गुट पुरै एमालेकरण भएको छ।