डेनमार्क, २३ फेब्रुअरी। आज एक वेबिनार कार्यक्रम मार्फत सिता बरालको अध्यक्षतामा गठन भएको जय नेपाल इन्टरनेशनल फाउन्डेसन डेनमार्क च्याप्टर बिस्तार गरिएको छ। विस्तारित कमिटीको महासचिवमा प्रकाश विक्रम शाही, कोषाध्यक्ष शोभा सापकोटा तथा सदस्यहरुमा मङल परियार, रामकुमार थापा, मञ्जु आचार्य, सुवास गुरुङ, महेन्द्र राज शर्मा, एकराज सापकोटा, भक्त खत्री, मनोज खरेल, सन्दीप राजवंशी र राजकुमार भण्डारी रहेका छन्।
संस्थामा सुझाव तथा सल्लाह प्रदान गर्नको लागी नवीन राज पौडेल, रामचन्द्र पाठक र शैलेन्द्र अधिकारी रहेको सल्लाहकार समिति समेत घोषणा गरिएको छ।
अमेरिका र अन्य देशमा गरेर फाउन्डेसनका ३८ च्याप्टर घोषणा भैसकेका छन। मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले यस संस्थाको स्थापना भएको छ। संस्थाको अन्तर्राष्ट्रिय अध्यक्षमा डा. यादव पण्डित रहेका छन् भने नेपालको अध्यक्षमा बद्री अर्याल रहेका छन्। नेपालमा सिंहदरबारको पूर्वी गेट छेउमा संस्थाको सम्पर्क कार्यालय रहेको छ।
जन सम्पर्क समिति डेनमार्कका महामन्त्री कृष्ण गिरीले संचालन गर्नु भएको कार्यक्रममा गैर आवासीय नेपाली संघको विभिन्न पदमा रहनु भएका व्यक्तिहरू तथा फाउन्डेसनका पदाधिकारीहरूले कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो। संस्थाको उद्देश्य र ढाँचाको बारेमा बताउदै संस्थापक अध्यक्ष डा यादव पण्डितले यो संस्था अन्य संस्थाको प्रतिस्पर्धी नभएर सबैको सहयात्री संस्थाको रुपमा रहेको, नेपालका ७७ जिल्ला र विदेशमा समेत यसका च्याप्टर रहेका हुँदा मातृभूमिमा केहि गर्नको लागि हामीले सिधा रुपमा गर्न सकिने समेत बताउनु भयो ।