Headlines

अध्यक्षमा उम्मेदवार भएकाले रावल निस्कासित, ओली तानाशाह हुन्:रावल

नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकलेले पार्टी नेता भीम रावललाई पार्टीको संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको कुरा उपमहासचिव प्रदीव ज्ञवालीले बताएका छन्। रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि गरिएको प्रतिसोध माथि फरक मत राख्दै आएका थिए। यसैलाई एमालेले अपब्याख्या गर्दै रावले पार्टीको निर्देशन नमानेर हित विपरीत काम गर्दै आएको आरोप लगाएको छ।

यस पहिला एमाले महाधिवेशनमा अध्यक्षको उम्मेदवार भएकाले उनलाई पार्टी बिरोधि भनिएको थियो। एमालेमा केपी शर्माको प्रतिस्पर्धा गर्न पाइदैन गरेमा पार्टीबाट निस्काशित गरिन्छ। सो कुरा उपमहासचिव ज्ञवालीले नै उल्लेख गरेका छन्, उपाध्यक्ष बन्न आग्रह गर्दा पनि मान्नुभएन, केन्द्रीय सदस्य पनि बन्नु भएन, सल्लाहकार दिए पनि जिम्मेवारी निर्वाह गर्नुभएन त्यसैले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय पार्टीले गरेको हो।

कारबाहि पछि डा. रावलले अनलाइनखबरसंगको कुराकानीमा ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज भएको बताएका छन्।  ओली बाह्य शक्तिसँग मिलेर राष्ट्रिय शक्ति विरुद्ध जाइलागे । साम्यवादी विचार र जनताको बहुदलीय जनवादी विचारलाई तिलाञ्जली दिएर मविरुद्ध खनिए, रावलले भनेका छन्। 

अनलाइनखबरले अगाडी थपेको छ, हेर्दा पार्टीले औपचारिक बैठक बसेर गरेको जस्तो देखिए पनि त्यो मूलत ओलीकै एकल निर्णय हो । उनी लामो समयदेखि अध्यक्षका रूपमा त्यसको नेतृत्वमा छन्। त्यसैले यो ओलीकै निर्णय हो। अब म यो निर्णयलाई अध्ययन र अवलोकन गर्छु। साथीभाइ र शुभेच्छुकको राय लिन्छु। सबैका कुरा सुन्छु र निर्णय लिन्छु, रावलले भनेका छन्।