Headlines

रास्वपा कार्यवाहक सभापतिमा डीपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेमाथि एमाले-कांग्रेस सरकारले नियतवस सत्ता र शक्ति कब्जा गर्दै सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दर्ता भएपछि संसद् सचिवालयले उनलाई प्रतिनिधिसभा सदस्यको पदबाट निलम्बन गरेको छ। 

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा प्रकाशित सूचनामा लामिछानेलाई सम्पत्ति शुद्धीकरण ऐनको दफा २२ बमोजिम मुद्दाको किनारासम्म निलम्बन गरिएको बताइएको छ। यसबारेमा सभामुख देवराज घिमिरेले दिउँसो संसद्‍का महासचिवसहित अन्य अधिकारीहरूसँग आन्तरिक छलफल गरेका थिए। तर कानुन विदका अनुसार यो पद निलम्बन नहुनु पर्ने हो यधपी बिना-कानुन एकातार्फी रुपमा यसो गरियो। त्यसैगरी रास्वपाले भने उनलाई सांसद पदबाट निलम्बन गर्न नमिल्ने तर्क गरेको छ।

यसैबीच रास्वपाले सोमवार उपसभापति डोलप्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति तोकेको छ। रास्वपाले सोमवार अपराह्ण बसेको सचिवालयको आकस्मिक बैठकले पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई पार्टीको कार्यवाहक सभापति तोकेको हो। यस पहिला पार्टी सभापति लामिछानेले अर्याललाइ काबा सभापति दिएका हुन्। यस पहिला पार्टी सभापति लामिछानेले अर्याललाइ काबा सभापति दिएका हुन्। सभापति संसदबाट निलम्बित भएपछि संभव त संसदीय दलको नेतामा डा. स्वर्णिम वाग्ले हुने संभव छ।