Headlines

रास्वपा दबाउन लाग्दा एमाले-कांग्रेस नाङ्गो, पार्टीभित्रै बिरोध, नागरिकले पत्याएनन

पछिल्लो ३ बर्षमा व्ह्यात्तै महुलाएको नेपालको एकमात्र प्रजातान्त्रिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाइ दबाउन योजनाबद्ध रुपमा संगठित राजनीति गर्दै आएको नेकपा एमाले र नेपाली कांग्रेसको नाङ्गो नाच असफल भएको छ।

काम्युनिष्ट पार्टीहरु प्रजातान्त्रिक हुँदैनन त्यसैले एमाले प्रजातान्त्रिक होइन। नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी थियो तर गगन थापाको महामन्त्रीकाल देखि यो पार्टी आधारहीन र बिचलित बाटोमा गएको छ।  

यी दुइ पार्टीले पहिला रास्वपा सभापति रवि लामिछानेलाइ चितवनको पहिलो निर्वाचनबाट हटाइए, उनले दोश्रो पटक झन् धेरै मत ल्याएर जिते, त्यो असफल भयो। अनि सहकारी मुद्धा लगाइयो त्यो पनि असफल भयो। अहिले अन्य दुइ फरक मुद्दा जोडिएको छ। ति पनि मुख्य मुद्धासँग मेल नखाएको कुरा एमाले र कांग्रेसभित्रबाट नै आएको छ। कानुन ब्यबसायीका अनुसार यो मुद्दा नै लाग्दैन बाँकी अदालतको कुरा आउन बाँकी नै छ।  

तर जे र जति मुद्धा लगाए पनि, जति आरोप लगाए पनि, एमाले केपी लाइन र कांगेसका गगनलाइन मरुन्जेल लागेपनि झन् एमाले-काँग्रेसको सरकार नाङ्गीदै गएको छ। गृहमन्त्री रमेश लेखकको राजनीति त अब उठ्न नसक्नेगरी खत्तम भएको छ। उनि सक्किए।

तर रवि लामिछाने विरुद्ध प्रतिसोधको राजनीति गरेको सबैले बुझे। यो काण्डले रवि झन् नागरिक र आम नेपालीप्रति चर्चित र प्यारा हुँदै गए। प्रतिसोधको राजनीति, बहस सुरु नहुँदै फैसला लेख्ने “पेड” न्यूज एजेन्सीहरु पनि नांगिदै गएका छन्। पछिल्लो समय नागरिक र नेपालीहरुको बिश्वो समुदायले एमाले-कांग्रेसको गन्दे राजनीनि पत्याउन छाडेका छन्। अब डुबानमा गगन थापा छन्।