कृष्ण के सी, अमेरिका, नोवेम्वर २३, २०२४
United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिको दर्ता भएको करिव डेढ बर्षपछि संस्थाले पहिलो अन्तराष्ट्रिय महाधिवेशन गर्ने तिथिमिती डिसेम्बर २८ र २९ लाइ तोकेको छ।
थप जानकारीको लागि संस्थाको वेबसाइट https://undo.org.np/ मा गएर बिधान पढ्नुहोस र Apply for Membership क्लिक गर्नुहोस। अथवा संस्थाबारे नेपाली र अंग्रेजी दुवै फरक भाषामा लेखिएको यसको अन्तिमका दुइ फरक लिंक क्लिक गरेर पढ्नुहोस।
UNDO को स्थापना र आधिकारिकता
जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाइ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ नामको सँस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश दिएको थियो। सोहि अनुसार नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट विदेशमा बस्ने नेपाली र नेपाली मुलका नेपाली संबन्धि ऐन अन्तर्गत नै यो संस्था गर्दा गरेको हो। तर गैरआवासीय नेपाली संघ NRNA र UNDO बीच भने धेरै कुरा फरक छन्।
कानुनका बिज्ञहरु समेतको परामर्श लिएर मार्च २०२२ मा काठमाण्डौमा गैरआवासीय नेपाली संघका अग्रज, वर्तमान रुपमा लागि परेका एनआरएनहरुको छलफलले यूएनडिओ नामको सँस्था स्थापना गर्नुपर्ने निष्कर्षमा पुगेर यो संस्था स्थापना गरेको हो।
त्यसैले, गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा United Nepali Diaspora Organization (UNDO) सँस्थाको स्थापना गरिएको थियो। यसमा वास्तविक गैरआवासीय नेपालीहरुको संलग्नता हुने बैधानिक ब्यबस्था छ। तर कानुनी रुपमा दुइ बर्ष भन्दा धेरै समय सार्क मुलुक बाहिर बसेका सबै नेपाली र नेपाली मुलका व्यक्तिहरु सदस्य बन्न पाउने छन्। ऐनले एनआरएन को को हुन् भनेका वाक्यांस नै यहाँ लागु हुनेछ।
UNDO बारे छोटो कुरा बाँकी लिंकमा गएर पढ्नुहोस
एक संस्थाको रूपमा, UNDO ले नेपालको दिगो सामाजिक–आर्थिक विकासको परिणामको लागि अग्रणी पहलहरू गर्न प्रतिबद्ध रहेको छ। हामी नीति निर्माताहरू, नेतृत्वप्रदायी क्षमता भएका व्यवसायीहरु र सरोकारवालाहरूसंग मिलेर काम गर्दर्छौं। यसले सबै नेपालीहरूलाई फाइदा पुग्ने बिषयहरुको पहिचान गरी कार्यान्वयनमा ल्याउनेछ जसले भावी पुस्ताहरूका लागि प्रगतिको विरासत सिर्जना गर्नेछ। सँस्था के र किन प्रष्ट रुपमा भनिएको छ।
यसका योजना निर्दिष्ट छन् र काम पारदर्शी हुनेछन भन्दै संस्थाल बिज्ञप्तिमा नै उल्लेख गरेको छ।
बिज्ञप्तिको प्रति हेर्नको लागि तलको लिंकमा: