कृष्ण केसी, अमेरिका, अक्टुवर १२, २०२५
स्थिति
नेपाली काँग्रेस पार्टी सेप्टेम्बर २०२५ देखि अक्टुवर १२, २०२५ अर्थात करिब यो एक महिनामा मार्ग बिहिन र अनिश्चत बाटोमा गएको अवस्था छ। दल त छ तर गतिहीन अवस्थामा छ। यसलाई दुइवटा शब्दले सहज रुपमा बुझ्न सकिन्छ, ‘लिम्बो र डिफरल’।
लिम्बो
मैले मास कम्युनिकेशनमा मास्टर गर्दा पढे अनुसार, राजनैतिक दलको लिम्बो अवस्थालाइ दुई मुख्य भागमा अर्थ लगाउले गरिन्छ। तर इतिहासमा भने यो लिम्बो शब्द रोमन क्याथोलिक परम्पराको स्वर्ग र नर्कबीचको सीमा स्थानको लागि एक धार्मिक अवधारणाको अर्थमा ब्याख्या गरिएको थियो। जहाँ बप्तिस्मा नगरिएका शिशुहरू र ख्रीष्टको आगमन भन्दा पहिले नै मरेका तर धर्मी मानिसहरूका आत्माहरू न स्वर्ग न नर्क तर बिचको ठाउँ ‘लिम्बो’ मा रहन्छन भन्ने ब्याख्या गरिएको छ। तर आज राजनीतिमा लिम्बो शब्द प्रयोग गर्दा यो सामान्यतया दलको अनिश्चित, मध्यवर्ती र संक्रमणकालीन अवस्थालाइ ब्याख्या र वर्णन गर्न प्रयोग गरिन्छ।
कांग्रेस र लिम्बो
नेपाली राजनीनैतिक दलहरुको लागि लिम्बो स्थिति भन्नाले एउटा अनिश्चितत, अस्थिर र अनिर्णयको अवस्थालाइ जनाउँछ। नेपाली कांगेस अहिले गतिलो रुपमा स्थापित भएको छैन। प्रभावकारी रूपमा राजनैतिक गतिबिधि गरेर अगाडि बढ्न समर्थ भएको छैन या गएको अवस्था छैन। एक किसिमले आफू ठुलो दल भएर पनि सहि रुपमा सरकारको नेतृत्व नदिएको, नगरेको पाप अहिले आएर भोग्दैछ। अझै भन्नुपर्दा, यस्तै धेरै कारणहरूले गर्दा गठबन्धनको कुराजनीतिबाट परिवर्तनको भएको अवधिमा कांग्रेस लिम्बोमा पुगेको छ। सरकारले चुनावको मिति तोकेको छ तर कांग्रेस भने कुनै बाटोमा हिंडेको छैन केवल लिम्बोमा छ।
डिफरल
अर्को शब्द डिफरललाइ चाहिं कानुनि या प्राबिधिक रुपमा राजनीतिक दलको लागि प्रयोग गरिएको हो। यसको सामान्य अर्थ “स्थगन स्थिति” को अवस्था हो। यो शब्द अमेरिकी चुनाव वा राजनीतिक शब्दावलीबाट आएको भने होइन कानुनी वा वित्तीय सन्दर्भबाट आएको हो। व्यक्ति या संस्थाले पाउने सेवा-सुविधा या गतिबिधि रोकिएको अवस्थालाइ जनाउन डिफरल शब्द प्रयोग गरिन्छ। डिफरल अवस्था भनेको अनुसन्धन गरेर समाधान गरेपछि कुनै बिधिको प्रयोगले पुन:सामान्य अवस्थामा जाने या बन्द हुने भन्ने टोकरीमा दल रहेको हुन्छ।
कांग्रेस र डिफरल
डिफरल शब्द आज राजनैतिक दलको सन्दर्भमा त्यसमा पनि नेपाली कांग्रेसको अहिलेको अवस्थालाइ ब्याख्या गर्न प्रयोग गर्दा सहज र सान्दर्भिक हुने स्थिति हो। किनकी नेपाली कांग्रेसले जेन-जी आन्दोलनले ल्याएको राजनैतिक परिवर्तनपछि आधिकारिक रूपमा आफूलाइ ब्याख्या गरेको अवस्था छैन। दल मान्यताप्राप्त दल त हो तर आगामी चुनावमा भाग लिने या नलिने, राजनैतिक गतिबिधि के-कसरी गर्ने जस्ता तत्कालिन बिषयमा स्पष्ट निर्णय गरेको अवथामा छैन।
अन्य दलका जस्तै कांग्रेसमा पनि कतिपय नेताहरु भ्रष्टाचारमा चरलुम्म डुबेको प्रमाण सार्वजनिक भएका छन्। पूर्व गृहमन्त्री रमेश लेखकको आदेशमा प्रदर्शनकारीलाइ ताकेर गोली हानेर मार्नु, राजनैतिक प्रतिसोधमा चुर्लुम्म डुब्नु, आफ्नै दल र भात्री संस्थाहरुको अधिवेशन नगर्नु जस्ता थुप्रै कारण र अवस्थाले गर्दा नेपाली कांग्रेस दल डिफरलमा छ।
कांग्रेस सभापति देउबा
नेपाली कांग्रेस दलका नेताहरुको पछिल्लो धारणालाइ ट्रयाक गरेर अध्ययन गर्दा पनि लिम्बो र डिफरलकै स्थिति देखिन्छ। कांग्रेस सभापति शेरबहादुर देउबाले कुनै राजनैतिक निर्णय लिएको अवस्था छैन। राजनैतिक बिशेलेषण गर्दा पनि सभापति देउबा न त बिशेष महाधिवेशनमा जान्छन, न कार्यबाहक सभापति कसैलाई दिन्छन। न तुरुन्तै महाधिवेशनको मिति नै दिन्छन। परिवर्तित अवस्थामा आफ्नो राजनैतिक असुरक्षाकै कारण पनि उनले सभापतिको शक्ति छोड्ने अवस्था छैन।
कांग्रेस पार्टीको बिधान अनुसार पार्टीको कार्यबाहक सभापति दिने भनेको उपसभापतिलाइ मात्रै हो। त्यस बाहेक अरुलाई कार्यबाहक सभापति दिन बिधानले मान्ने अवस्था छैन। सभापति देउबालाई तत्काल पार्टी महाधिवेशनमा जाने त्यो पनि सहज छैन। त्यसैले कांग्रेसमा कुनै नौलो परिवर्तन आउला भन्ने संभव नै देखिएन।
उपसभापतिहरु
उपसभापति धनराज गुरुङ सहकारी भ्रस्टाचारमा डुबेको प्रमाण मात्र होइन उनले आफैं भ्रष्टाचार गरेको कुरा सार्वजनिक रुपमा नै स्वीकारेका छन्। त्यसैले उनि करिब दुइ वर्ष देखि मौन रहेको अवस्था छ। अर्का उपसभापति पूर्णबहादुर खड्का पछिल्लो दुइ बर्षमा देउबाको लाइनमा नरहेको तर अन्यत्र पनि नगएको अवस्था हो। उनले थुप्रै ठाउँमा आर्थिक चलखेल गरेको आरोप छ। खासगरी बागमती प्रदेशका मुख्यमन्त्री र सरकार परिवर्तनमा। अझै थप कुरा, गैरआवासीय नेपाली संघ फुटाउन उनी आफैं प्रलोभनमा रहेर खेलेको भूमिकाले पनि उनलाई केहि दर्जन लाख नेपालीहरुले पापी मान्छन। उनलाई पनि पार्टी नेतृत्व माग्न सहज छैन। कृष्णप्रसाद भट्टराइको पालामा कमाएको इज्जत र हैसियत उनले बेचेर खाइसके। त्यसैले उनीबाट पनि कांग्रेस पार्टीको नेतृत्व सन्हाल्ने अवस्था सहज छैन।
महामन्त्रीहरु
कुनै पनि दल या सँस्थामा महासचिव या महामन्त्रीको रोल बिश्ष्ट हुन्छ। कांग्रेसका वर्तमान महामन्त्री बिश्वोप्रकाश शर्माको हैसियत भनेको हुतिहारा मात्र देखियो। न उनि कुनै जिम्मेवारी लिन्छन न कुनै पार्टी लाइनमा नै जान्छन। महामन्त्रीले गर्ने भनेको काम पनि गर्दैनन। उनको महामन्त्री कार्यकाल भनेको ढुकुवा खेलाडी जस्तो देखियो। साउद, खड्का र थापाहरु पन्छिएभने गोल हान्न पाइएला भनेर कुरेर बसेका छन्। तर यहि गतिमा उनि गए भने देउबाले आफू प्रधानमन्त्री हुन कुरेको कथा जस्तै हो। शर्माको सभापति हुने दिन कदापी आउनेवाला छैन।
अर्का महामन्त्री गगनकुमार थापालाइ सदस्यताको विवाद टुङ्ग्याउन पार्टीले दिएको जिम्मेवारी ३ बर्षमा पनि फुटीभाङ्ग केहि गरेनन। उनि केवल अरुलाई प्रयोग गरेर आफू भर्याङ्ग चड्ने राजनीति गर्छन। उनको राजनैतिक इतिहास हेर्दा पनि त्यहि देखिन्छ। यतिमात्र होइन दलभित्र उनको पक्कड पटक्कै देखिएन। २० सदस्य पदाधिकारी बैठकमा उनि केवल एक्ला रहेछन। पार्टीका नेता-कार्यकर्ताहरु उनको पक्षमा रहेनछन्। अहिले उनि केवल फेसबुक र भिडको राजनीति गर्ने मध्येमा देखिए। पार्टीमा सदस्य, कार्यकर्ता नभएका नेताको यात्रा भनेको रथ तैरिने होइन पानीमा डुब्ने पक्का जस्तै देखियो।
डा. शेखर कोइराला
यदि कांग्रेसको महाधिवेशन भयो भने पछिल्लो राजनीतिको ब्याख्या, जेन-जी आन्दोलन पूर्व र पछिलो अवस्थामा उनले दिएको स्पष्ट अभिव्यक्तिलाइ जोडेर हेर्ने हो भने डा. शेखर कोइरालाईको मौका राम्रो देखिन्छ। तर उनले महाधिवेशन पहिला कुनै जिम्मेवारी पाउने बैधानिक संभावना भने देखिएन। त्यसैले उनले देउवाकै नेतृत्वमा निश्चत समयमा नै पार्टी महाधिवेशन गर्ने लाइनमा बोलेका छन्। त्यो स्थितिमा डा. कोइरालाको संभावना बढी छ।
कांग्रेसमा नेक्स्ट जेनरेशन
नेपाली कांग्रेसमा तेश्रो, चौथो या अर्को पुस्ता अर्थात नेक्स्ट जेनरेशनमा नेतृत्व लैजान लाइनमा कुनै पनि नेता रहेका छैनन। देखिएका खड्का, शर्मा र थापा पुस्ताहरु मात्र होइन एनपी साउद पनि तयार छैनन। कांग्रेसमा कुनै पनि नेतृत्वले नेक्स्ट जेनरेशन ल्याउने विषममा कुरा नै उठाएको छैन। उनीहरु आफैं हानाथापमा छन्। यो लेख्दाको मिति सम्म कांग्रेसका नेक्स्ट जेनरेशनहरु पनि पब्लिकमा आफू नेतृत्व लिन या भिड्न तयार भएको या त्यो खालको अभिव्यक्ति दिएर आएको अवस्था छैन। त्यसैले कांग्रेसमा तत्काल नेक्स्ट जेनरेशनको कुनै संभावना नै देखिएन। यसको अर्थ कांग्रेस नयाँ राजनैतिक परिवेसमा नयाँ युगमा सहजै प्रवेश गर्ने अवस्थामा छैन।
