अनलाइनखबरको काबा सभापति मागेको समाचारप्रति डा. कोइरालाको खण्डन

Spread the love

नेपाली कांग्रेसका नेता तथा आसन्न महाधिवेशनका लागि सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले आफूले सभापति शेरबहादुरे देउबासँग कार्यबहाक मागेको भन्ने समाचारको खण्डन गरेका छन्। 

अनलाइनखबरमा २०८२ असोज २६ गते, आइतबार प्रकाशित ‘देउवासँग शेखरले कार्यवाहक मागेको दाबी’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको कुरा उनका स्विकीय सचिव दिनेश चन्द्र थपलियाले विज्ञप्ति सार्वजनिक गरेका छन्। 

विज्ञप्तिको प्रति जस्ताको तस्तै

बिज्ञप्ती

२०८२ असोज २६ गते, आइतबार प्रकाशित अनलाइनखबरमा ‘देउवासँग शेखरले कार्यवाहक मागेको दाबी’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा संस्थापन पक्षको नाम लिएर उल्लेखित कुराहरु पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित छन् । समाचारमा उल्लेख गरिएका बिषयहरूमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्न चाहन्छु ।

जिम्मेवार सञ्चार माध्यमले समाचार प्रकाशित गर्नु अघि कम्तिमा सूचना परीक्षण (fact verification) गर्ने पत्रकारिताको न्यूनतम आचारसंहिताको पालनाका लागि अनुरोध समेत गर्दछु ।

दिनेशचन्द्र थपलिया

स्वकीय सचिव

२०८२ असोज २६

No photo description available.