नेपाल कम्युनिस्ट पार्टी एमालेमा करिब दुइ दशक देखि एकाधिकार जमाउँदै आएका अध्यक्ष केपी शर्मा ओलीको अधिनायकी करिब समाप्त भएको छ। विपक्षमा बोल्नेलाइ सखाप पार्ने कारण उनको युग समाप्त भएको हो। तर पनि एमालेमा नयाँ विकल्प भने आएको अवस्था छैन। पार्टीको १९ सदस्यीय पदाधिकारी १०:९ ले उनको मत अल्पमतमा परेको छ।
अक्टुवर १०, २०२५ शुक्रबार भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहित बहुमत पदाधिकारीले जेन जी आन्दोलनपछिको विकसित परिस्थितिमा पार्टीलाई पुनर्गठन गरी नयाँ दिशातर्फ लैजान मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव गरेका थिए। यसका साथै पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणको गर्नुपर्ने पक्षमा पनि बहुमत पुगेको छ।
