नेपालमा हप्ताभरीको भारी बर्षाले ठुलो जनधनको क्षती गरेको छ। कोशी प्रदेशमा मात्रै ४३ जनाको मृत्यू भएको छ भने देश भरको सरकाई आंकडा अझै आउन बाँकी छ। यसैबीच आइतबार मौसममा केहि सुधार आएता पनि अझै पानी केहि दिन पर्ने कुरा जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
भिभागले अक्टुवर ५, आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नदि किनार क्षेत्रहरुमा जोखिम कायमै रहेको जनाएको छ। यो पटकको बर्षा गराउने मनसुन जलबायु १६ असोजमा नेपालबाट बहिर्गमन हुने भए पनि पछिल्लो ४ दिन सम्म मौसममा सुधार आएन। मौसममा सुधार आउन ढिलो भयो, विभागले जनाएको छ।
काठमाण्डौ आसपासमा मौसम सुधार आएता पनि पूर्वी क्षेत्रमा आइतबार पनि वर्षा भइरहेको छ। सोमबारदेखि कतै मध्यम वर्षा भए पनि मौसममा सुधार आउने र जोखिम र सतर्कता भने अझै अपनाउनु पर्ने कुरा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

