हरेक बर्ष जुलाई ४ लाइ अमेरिकी स्वतन्त्रता दिवसको रुपमा धुम-धामसँग मनाइन्छ। यो बर्ष जुलाई ४, २०२६ शनिबारका दिन अमेरिकाको २५० औं स्वतन्त्रता दिवस परेको छ। जुलाई ४ का दिन अमेरिकी राष्ट्रपतिले व्हाइटहाउसमा बिभिन्न कार्यक्रम सहित अमेरिकी समुदायको लागि बिशेष संदेश दिने गर्छन।
२५० वर्ष पहिला आजकै दिन अर्थात १७७६ मा १३ वटा उपनिवेशहरूले ग्रेटब्रिटेनबाट स्वतन्त्र भएको घोषणा गरिएको ऐतिहासिक दिन हो। त्यो शाहसी स्वतन्त्रताको घोषणाले नै अमेरिकालाई उपनिवेशबाट स्वतन्त्र देश बनायो। त्यसैले यो दिन अमेरिकीहरुको लागि ऐतिहासिक रुपमा महत्वपूर्ण छ।
जुलाई ४ का दिन अमेरिकी सार्वजनिक छुट्टीको दिन हो। यस दिन अमेरिका निवासीहरु परेड गर्छन, पिकनिक जान्छन, पार्कहरुमा बारबिक्यू गर्छन र सांझ फायरवर्क गरेर या हेरेर स्वतन्त्रताको खुशी मनाउँछन्।
त्यो भन्दा पनि ठुलो कानुनी कुरा चाहिं जुलाई ४, १७७६ मा थोमस जेफरशनले गरेको स्वतन्त्रता घोषणा पत्रको ड्राफ्टलाइ कांग्रेसले अनुमोदन गरेको दिन हो। त्यहि घोषणासंगै संयुक्त राज्य अमेरिकाको स्वतन्त्र देशको रुपमा जन्म भयो। त्यसैले यसलाई अमेरिकाको जन्मदिन भनेर पनि मनाउने गरिछ।
१३ उपनिवेस जसले ग्रेटब्रिटेनबाट स्वतन्त्र भएको घोषणा गरे:
- Connecticut
- Delaware
- Georgia
- Maryland
- Massachusetts
- New Hampshire
- New Jersey
- New York
- North Carolina
- Pennsylvania
- Rhode Island
- South Carolina
- Virginia
