नेपाली कांग्रेसको लुटिएको नेतृत्वका सभापति गगन थापाको गुटले वास्तै नगरेपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आफ्नो समूहको छुट्टै राष्ट्रिय बेला गर्ने भएको छ। त्यसका लागि सचिवालय खोल्ने निर्णय गरेको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा शुक्रबार बसेको समूहका वरिष्ठ नेताहरूको बैठकले सम्पर्क कार्यालयको असार २२ गते औपचारिक उद्घाटन गर्ने निर्णय गरेको कुरा सो समुहका नेता डा. प्रकाशशरण महतले सार्वजनिक गरेकाछन।
उनले भने, हामीले महाराजगन्जमा सम्पर्क कार्यालयका लागि घर लिएका छौँ। सम्पर्क कार्यहालयको रिमोडलिङ्गको काम भइरहेको छ। सो सम्पन्न भएपछि असार २२ गते औपचारिक उद्घाटन गर्ने निर्णय बैठकमा भएको छ।
सो बैठकमा नेताहरु पूर्णबहादुर खड्का, डा.प्रकाशशरण महत, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, महालक्ष्मी उपाध्याय डिना, डा. शशांक कोइराला, एनपी साउद, वीरबहादुर बलायर, मोहनबहादुर बस्नेत, रमेश लेखक, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, श्याम घिमिरे लगातय उपस्थित थिए।
बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। तर भेला कहिले बोलाउने भन्ने निश्चित भने २२ गते सम्पर्क कार्यालयमा बस्ने बैठकले तय गर्ने नेता डा. महतले बताएका छन।
