रास्वपाको बालेन्द्र नेतृत्वको सरकारका १०० दिने योजनाका ८७.२५ उपलब्धिहरु

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले आफ्नो पहिलो १०० दिनका उपलब्धिहरु सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा जुलाई ४, २०२६ शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले आफ्नो सो समयमा भएका उपलब्धिहरू सार्वजनिक गरेको हो। 

शाह सरकारले आफ्ना १०० दिनका लागि १०० कामको सूची तय गरेको थियो। सय दिनमा गर्ने भनेर सार्वजनिक गरेका काममध्ये अधिकांश काम सम्पन्न भएको दाबी सरकारको रहेको छ। 

सरकारका प्रवक्ताका अनुसार ७० प्रतिशत काम सबै सम्पन्न भएको छ। १३ प्रतिशत काम ६० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेका छन्। त्यसैगरी १७ प्रतिशत काम अधिकांश ८० प्रतिशत बढी सम्पन्न भएको जनाएको छ। त्यस अनुसार सरकारले योजनाका ८७.२ प्रतिशत काम सम्पन्न भएको जनाएको छ। 

नेपालको सरकारका इतिहासमा यो १०० दिने योजनाको प्रयासमा पहिलो पटक नै ८०% भन्दा धेरै उपलब्धि हासिल गरेको तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। त्यसमध्ये मुख्य कामहरुको हाइलाइट:

  1. २०४८ पछि सत्ता र शक्तिमा पुगेका उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन
  2. १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज
  3. कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट स्ववियु खारेजी
  4. स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य
  5. सिंहदरबार र काठमाडौंका पहुँचवाला कर्मचारी विस्थापन
  6. कानुनबमोजिम सुविधा पाउनेबाहेकका कर्मचारीको सवारी सुविधा कटौती
  7. सहकारी समस्या समाधानको पहल
  8. सरकारी र सार्वजनिक जग्गा फिर्ताको प्रयास
  9. मन्त्रालयको संख्या कटौती
  10. अनावश्यक दरबन्दी हटाउने प्रयास
  11. सेवाप्रवाहमा सुधारका कदम र प्रक्रियागत झन्झट घटाउने थालनी
  12. कानुन सुधार प्राथमिकतामा सयभन्दा बढी कानुन संशोधन गृहकार्य
  13. भ्रष्टाचार र वित्तीय अपराधमा आक्रामक छानबिन
  14. सेवाप्रवाह र निर्णय प्रक्रियामा सुधार तथा कर्मचारी सरुवामा पहिलोपटक अनलाइन प्रणालीको थालनी