Hollywoodkhabar advertisement

गुहार बामदेव गुहार

Arjun Raj Panta
0
shares

अर्जुन राज पन्त/टेकसस/अमेरिका

दशैँ पनि आउन लाग्यो, भोलि होकी पर्शी
अछेता छुने हिम्मत छैन, मार्शी भातले तर्सि ।
हेर्दा उस्तै राता राता, न त मिठो खादा
अनाहकमै फशियो यी प्रचंडेसंग जादा ।
गुहार बामदेव, गुहार गुहार गुहार, गुहार बामदेव गुहार

सदनमा जाउ भने गगनले थुर्छ
विदेश कतै गए यहाँ डुबान साहित्य फुर्छ
कुन नेपाल हो खै डुब्न लाग्या, दुवै उस्तै देख्छु
यस्तै पारा रह्यो भने खै कति थेगछु ।
छिट्टै आऊ बाम देव, मेरै छेउमा बस
अति भन्छ गगनले यसका पाता कस
झले, कले, मधबेले मेरो खेदो खने
बिपछिका नेताले झैँ सदनैमा भने
निर्मलाको आत्माले भगाई दियो निद्रा
कस्तो साहित् पार्या रैछु, बालुवाटार छिर्दा
बेकम्मा भो आज मेरो अरिन्गले टोलि
रानो बिहिन मौरी भाछन हेर आज भोलि
गुहार बामदेव .........................

मार्शी काण्ड सुन काण्ड, बलत्कारी केस
तिमि बिना खै कसरि चलाउ यो देश
दुइ तिहाईको बहुमत मलाई भयो आज घाडो
लौन बामदेव फुटाउ यसलाई, जतिसक्दो चाडो
गुहार बामदेब गुहार ...................

तिमले मात्रै हुन्छ भन, मैले जे नि गर्छु
एक ठाऊ खाली गरिसके अर्को पनि गर्छु
तिम्रो जान्न मेरो जान्न, जनताको कर
आए बाउको गए साउको हाम्लाई के को डर
गुहार बामदेव ......

मुख देखाउननि लाजै भयो, यसपी को डीयनय गर्दा
आज मेरो यो गतिभो, यिनका भर पर्दा
कसलाई जोगाऊ कसलाई फसाउ, मैले मेसै पाइन
तिमि नभई समस्याको समाधान नै छै न ।
गुहार बामदेव ...........

भन्लान जस्तो लाग्न लाग्यो मेरै डीयनय गरौ
सबै अटेरी सबै भ्रस्ट कसका भर परौ
दुइ तिहाईको बहुमतलेनी खै त के नै पाय
अमेरिका जादा समेत काला झन्डा खाए
सालो केटो मेयरलेनि डुबाउन सम्म डुबायो
मैले कला झन्डा खादा उसले स्वास्नी घुमायो
बालुवाटारमै कुल पुज्दानी काध कसैको पाईन
प्रति पक्ष्य त हुदै भए सत्ता पक्ष्य कै छैन ।
गुहार बामदेव ..............

आफ्नो खप्पर फुटे पछि मितको टाउकोनि बेल भो
विश्वास पर्दा असतीको आज ठुलो झेल भो
खहरेमा नदि मिल्दा धमिल्लीयर भेल भो
विधिको साशन आज आएर बिना लिकको रेल भो
आऊ बामदेव आऊ आऊ, मलाई मलम लगाउ
जे गर्दा नि छुट छ तिम्लाई, तिम्ले साशन चलाउ
गृह उप तिम्रै बिर्ता के के खान्छौ भन
छ महिनामै पार्टी फुटाउ अधक्ष्य नि बन !!!!!!!

**कवि पन्त यस अगाडि पोष्ट गरिएको, धेरै चर्चामा आएको खाल्टे पत्रका लेखक हुन**

खाल्टे पत्र पढ्नको लागि तलको लिंक क्लिक गर्नुहोस

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa