-ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?

ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?

Hollywood Khabar February 14,2020 Comments

-अर्जुन राज पन्त

लैना पाँडा दुधे पाठा परेवाका चल्ला

बली दिँदै गर्ने अझ धर्म भनि हल्ला!

 

मासु खाने रहर भए काट अन्तै बरु

मन्दिरमा बली नदेउ पशु पन्छी अरु

 

तिमि मात्र जान्नाै त्यँहा जान्छन अरु पनि

नाै दुर्गामा भगबतीकाे दर्शन गर्न भनि

 

साथलागेर बाउअामाकाे बच्ची त्यँहा गा कि

बली दिएकाे दृश्य देखि झण्डै बेहाेस भा कि

 

रुँदै रुँदै भनि उसले मेराे मने पाठी

किन उस्लाई लतारेकाे उसकाे मुन्टाे काटि?

 

देख्दाखेरी रगत अाज मन्दिर वरिपरि

नराम्ररि तर्सि बच्ची रुँदै बिलाप गरि

 

पुजागरे बाउअामाले उसले मुहार छाेपि

झिकिकन उसका बाउकाे शिरमा भाकाे टाेपी

 

न त खाइ प्रसाद केहि न त लगाइ टिका

यस्ता ठाँउमा नलेउ भन्दै राखि निधार फिका

 

बलीयाेले निर्धा प्राणी काट्दा यसाे गरि

गलत सन्देश दियाे कि खै यस्ले लाेकै भरि

 

मन्दिरकाे भिडलाइ हेर्न बिदेशी नि अा काे

सबै थरि दृश्य खिच्ने क्यामरा नि भा काे

 

एकाेहाेराे हेर्याे त्यहाँ खाेज्याे फाेटाे खिच्न

किन काँमे उसका हात खै सकेन त्याे थिच्न !

 

बली दिएकाे दृश्य देखि भइ निकै दङ्ग

के गरेकाे यस्तो भन्दै शाेध्याे सबै सङ्ग

 

एउटै उत्तर पायाे उसले धर्म गर्या भनि

छक्कै परि गर्याे उसले अर्को प्रश्न पनि

 

लाैत देखाउ अरु त्यस्ताे मैले भने जस्ताे

धर्म भन्ने यस्तो रै छ पाप चाँहि हुन्छ कस्तो?

 

घुम्दै आउला फेरि अर्को एकादशिका दिन

शाेध्ला पश्न बधशाला याे बन्द भयाे किन?

 

पशुत्वकाे बली देउ चाैपाँयाकाे हैन

धर्म हाेला बल्ल त्यँहा पाउला मनमा चैन

 

सके राेक यस्तो प्रथा राेज अर्को बाटो

नरिवलकाे बली देउ चाैपाँयाकाे साटाे

 

सक्दैनाे त्याे राेक्न भने अर्को मेसाे गर

बनाउ एउटा बधशाला त्याे मन्दिर भन्दा पर

 

काेहि कसैलाई जान नदेउ त्यसका वरिपरि

जे मन लाग्छ त्यतै गर नदेखिने गरि

(ब्यङ्ग्य कवि पन्तकाे ब्यङ्ग्यकाब्य "काेइली" प्रकाशित भैसक्यो)

 

****लेखक/कविका अन्य रचनाहरु****

अन्तमा; काव्यकारलाइ हार्दिक बधाई काब्यलाइ शुभकामना !

https://hollywoodkhabar.com/arjun-koili-kabya

हदै भए बिदा होला कोइली तिहार भनि !

https://hollywoodkhabar.com/bangya-koili-panta

शर्म निरपेक्ष राज्य

https://hollywoodkhabar.com/nirapeksha-rajya-nepal

ब्यङ्ग्य कविता:एप्पल माला

https://hollywoodkhabar.com/arjun-apple-mala

व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै

https://hollywoodkhabar.com/chainize-janai-panta

व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि

https://hollywoodkhabar.com/arjun-teej-jatra2019

कृषि प्रधान शरिर

https://hollywoodkhabar.com/krishi-pradhan-sharis

पिर्के सलाम

https://hollywoodkhabar.com/pirke-salam-arjunpant

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

https://hollywoodkhabar.com/byanga-kabya-pantkoilij21

ब्याङग्य कविता:पद एक तलब अनेक

https://hollywoodkhabar.com/byangya-kabya-panta

ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

https://hollywoodkhabar.com/becheu-tundikhel-panta

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

https://hollywoodkhabar.com/nrna-story-yamalok

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

https://hollywoodkhabar.com/netaka-maala-chyapiyera

व्यंग्य कविता:दुइ पाइलटी जहाज

https://hollywoodkhabar.com/dui-pailati-jahaj

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

https://hollywoodkhabar.com/marshi-puran-pant?fbclid=IwAR36hXPCr7AVfD1r2qCZreAMqqEi3gL2cM6h3orBTTlZDAc6752wO5CAbRs

https://hollywoodkhabar.com/dui-pailati-jahaj

कुकुर पालन

https://hollywoodkhabar.com/kukur-palan-panta

संघिय जहानियाँ गालातन्त्र

https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

https://hollywoodkhabar.com/durbal-bakhri-secrefice

घर फोर्नु कुखुरा नचोर्नु

https://hollywoodkhabar.com/ghar-kukhura-panta

सिंह दरवार फेरियो मुहार ?

https://hollywoodkhabar.com/sinha-darwara-panta

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार

https://hollywoodkhabar.com/guhar-bamdeb-pant