-Arjun Raj Pant

व्यंग्य कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

Hollywood Khabar April 17,2019 Comments

अर्जुन राज पन्त/४/१०/१९
इमान बेचेउ जमान बेचेउ, बेचेउ के के कता
नागरिक त बेचिसक्यौ, बेचेउ नागरिकता

नदिनाला उद्योगधन्दा, बेचेउ नव जवान
नत लियौ ठूलै मूल्य, फाल्यौ कौडी समान

धर्म बेचेउ कर्म बेचेउ, बेचेउ कला संस्कार
उनले लादे सबै चीज, तिम्ले पायौ सरकार

मख्खै परि लठ्ठै भयौ, होली वाइनको झोलमा
सनातनी धर्म बेचेउ, दुइ कौडीको मोलमा

नाम मात्रको सरकार तिम्रो, रिमोट उनको हातको
सार्वभौम भन्नु मात्रै, आदेश उनै नाथको

बेच्न मिल्ने सबै चीज, सक्किएरै होकी
आफन्तैले आश गरेकी, आपत्तै पो भोकी

प्रधानमन्त्री निवासको, यस्तो जग्गा आज
आफन्तलाई बेची खान्छौ, नमानेर लाज

बालुवाटारका भित्र बस्ने, मात्रै बिक्थे पहिले
जग्गैसित बिक्ने चलन, सुरु भयो कहिले ?

हेर्दा हेर्दै जमना नि, आयो कस्तो कस्तो
कार्यकता किन्न भन्दा, पार्टी किन्न सस्तो

लोपै हुने डरले हो कि, ठुलै पदले साटी
त्रासले हो कि आशाले हो खै, बेच्न थाले पार्टी

नुहाउने धुवाउने कुरै छाड्देउ, छैन पिउने पानी
त्यहि पानी नी कतारलाई, बेच्छु भन्छिन नानी

काकाकुले हाहाकारलाई, देखी जानानानी
कहाँट ल्याएर ति नानीले, बेच्छिन होला पानी

अच्चमैको हतारो छ, पानी उसलाई दिन
उसले ल्याउँछ यतै बेच्न, फेरि त्यहि किन

अरु ल्याउन विदेशबाट, दिन्नन जानाजानी
लाहुरे आउँदा कतारबाट, बोकी दुइ जार पानी

नाखोस्देउ है त्यो चाहिँ पानी, यतैबाट गाको
नेपालकै पानी हो त्यो, कतारे शील भाको

कौडीसरी जडिबुटी, विदेशीले लिन्छ
हजारौंको मूल्य राखी, फेरि यतै दिन्छ

सकेजति सबै बेच्देउ, तिम्ले भेटिन्जेल
राम्रै पैसो पाउँछौ होला, बेच्देउ टुंडीखेल

राजधानीकै मुटु हो त्यो, फेरि कहाँ पाउला
आफन्तैलाइ दिएपछि, अर्को गुण नी लाउला

खोज दलाल बेचीहाल, नगर भो ढीलो
मुफतैमा मिली हाल्छ, आठ आनाको बिलो

****लेखक/कविका अन्य रचनाहरु****

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

https://hollywoodkhabar.com/nrna-story-yamalok

 

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

https://hollywoodkhabar.com/netaka-maala-chyapiyera

व्यंग्य कविता:दुइ पाइलटी जहाज

https://hollywoodkhabar.com/dui-pailati-jahaj

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

https://hollywoodkhabar.com/marshi-puran-pant?fbclid=IwAR36hXPCr7AVfD1r2qCZreAMqqEi3gL2cM6h3orBTTlZDAc6752wO5CAbRs

 

https://hollywoodkhabar.com/dui-pailati-jahaj

कुकुर पालन

https://hollywoodkhabar.com/kukur-palan-panta

संघिय जहानियाँ गालातन्त्र

https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

https://hollywoodkhabar.com/durbal-bakhri-secrefice

घर फोर्नु कुखुरा नचोर्नु

https://hollywoodkhabar.com/ghar-kukhura-panta

सिंह दरवार फेरियो मुहार ?

https://hollywoodkhabar.com/sinha-darwara-panta

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार

https://hollywoodkhabar.com/guhar-bamdeb-pant