Hollywoodkhabar advertisement

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

नयाँ युग
0
shares

अर्जुन राज पन्त
देखीगयो प्रष्टै आज सारथीको संगत
पोल-पोलमा चढे पोष्टर संझाउँदै बिगत

नयाँ कदम सुरु गर्यौ मेरो पनि स्वागत
कार्यक्रमको प्रचार भने किन यस्तो फगत

कुन आत्माले छोप्यो कसलाई आयो यस्तो विचार
शुभ कामको शुरुवातमै कुबुद्धिको प्रचार

पत्रिकाले ज्याकेट लाए पोलले तस्बिर पाए
युगै फेर्ने भनिकन जताततै छाए

भय जति अखबारलाई ज्याकेटले छेक्दा
पोलमा बस्ने चरा तर्से तिम्रा तस्बिर देख्दा

सडकेको चिसो छेल्ने पत्रिकाको आगो
बल्दो रैन्छ त्यही नि धेरै अझै धेरै मागो

पत्रिकाले ज्याकेट लाउदा मान्छे भने नाङ्गै
नव युगको शुरुवातमा विचार भने बाङ्गै

पत्रिकाले पाउने ज्याकेट भिखारीले पाए
बल्ल सफल होला कदम यस्तो बुद्धि आए

भन्दो रैछ सरकारले मेरो हैन खर्च
जसको खर्च भए पनि बिबेक हुनुपर्छ

धुलाम्य छ सडक सारा यसले तस्बिर पुर्छ
न त यस्ता ज्याकेट ओड्दा भिखारिले घुर्छ

कर छल्नेले ति-या अरे पहिला लाको गुन
फेरि पनि छल्नलाई अझ नजिक हुन

बिबेक शून्य प्रचारले कस्तो संदेश जाला
फजूल खर्ची संस्कारले आफैलाई खाला

काण्डै काण्ड जता ततै उपहासे नारा
सफल कतै देखिएन खिस्सी गर्छन सारा

मुखले मात्रै बोल्यौ तिम्ले लागेन केही पार
गाउँ-गाउँको सिंह दरबार पोलै पोलको सरकार

भुइंमा बस्दा बेथितिलाई नदेखेर होकी
टोलैभरी पोलैभरी कसले लग्यो बोकी

बलात्कारी भ्रष्टाचारी त्यहिंबाट हेर
धूलाम्य त्यो सडकको मुहार पनि फेर

पागल भए बाबु बरा लौन काण्ड सुल्झ्याउ
आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

 

****लेखक/कविका अन्य रचनाहरु:

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान 

https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त 

https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र 

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार 

https://hollywoodkhabar.com/guhar-bamdeb-panta