अर्जुन राज पन्त/३/२४/१९
यमपंचक गैसक्यो छैन कुकुर तिहार
ठाउँ न कुठाउँ माला लगाइ मन्त्रीज्यूको सबार
किरियापुत्री भेट्दा समेत लायौ आज माला
जहाँ जादा नि लाउनै पर्ने अचम्मैको चाला
चाकडी र चाप्लुसीले शुन्य बिबेक आज
यस्ता ठाँउमा माला लाउन छैन तिम्लाई लाज
जनबादी किरिया होकी कस्ता ठाँउमा गयौ
गला भरि माला लगाइ कार्टुन नै पो भयौ
पूजा आजा खुशीयाली कि त कठै लाशमा
अप्रसंगी माला देखे आज जिउदा शासमा
तिम्ले लाको माला देखि भाको होइन रिस
कूपात्रमा पर्दा खेरि अमृत पनि बिष
रहर होकी प्रतिष्ठा हो अचम्मै पो भा छ
फूलै फूलले नेता पुर्ने नौलो चलन आ छ
तिमी मात्रै हैनौ यस्तो सबका यस्तै चाला
विदेशबाट फूल झिकाइ नेता ज्यूलाई माला
त्यही फूलको माला लगाइ स्वाबलम्बी भाषण
फूलै फूलको चिता हो कि नेता ज्यूको आसन
थेग्दा रैछन हनुमानले दुइटा छेउमा बसि
गर्धन सर्धन भाँचिएला चिप्प्लिएर खसि
हातै गली चिप्लिएर माला तल खस्दा
ज्यानको डर त मान गाठे धराप मुनि बस्दा
शिसुपाली गर्धन माथि दुइ क्विन्टलको माला
त्यहि मालाले च्याप्पिएर तिम्रो परान जाला !!!
****लेखक/कविका अन्य रचनाहरु****
मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे
व्यंग्य कविता:दुइ पाइलटी जहाज
https://hollywoodkhabar.com/dui-pailati-jahaj
कुकुर पालन
https://hollywoodkhabar.com/kukur-palan-panta
संघिय जहानियाँ गालातन्त्र
https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta
दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ
https://hollywoodkhabar.com/durbal-bakhri-secrefice
घर फोर्नु कुखुरा नचोर्नु
https://hollywoodkhabar.com/ghar-kukhura-panta
सिंह दरवार फेरियो मुहार ?
https://hollywoodkhabar.com/sinha-darwara-panta
नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ
https://hollywoodkhabar.com/naya-yug-panta
सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा
https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal
राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान
https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant
नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त
https://hollywoodkhabar.com/nepal-vs-netapalpanta
डा बाबुराम भट्टराईलाई खाल्टे पत्र
https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa
गुहार बामदेव गुहार
https://hollywoodkhabar.com/guhar-bamdeb-pant