अमेरिकाबाट पन्तले उडाएको कोइली नेपाल पुग्दा पहिलो व्यंग्य काब्य बन्यो

0
shares

by Krishna KC | Updated: 12 Sep 2019

2974 views
-कवि तथा काव्यकार अर्जुन राज पन्त

कृष्ण के सी अमेरिका/९/१२/१९

प्राणि जातको पापी पेटमा परे पछि जूठो

गुम्दो रैछ बिबेक सबै हुँदो रैछ ठूटो

गोठालो नि लाउनि उसलाई खाने उसकै सारा

मिठो बोलि बोल्नेले नि गर्छन यस्तै पारा

मान्छे हो कि कोइली पो हो यस्ता कामको गुरु

कस्ले पहिला गर्यो होला यस्तो खेला शुरु !

यी माथिका श्लोक रुपी प्वाख भएको कोइली व्यंग्य काब्य अमेरकामा लेखिएर नेपाल पुगी नेपाली साहित्यको पहिलो व्यंग्य काव्यको रुपमा कवि तथा काव्यकार अर्जुन राज पन्तकै जन्मदिन पारेर आफ्नै जन्म स्थाल बाग्लुगमा प्रकाशित भएको हो। यो शुभखबर सुन्दा यो स्तम्भकारले पनि आफूलाइ गौरभान्बित मात्रै ठानेन निक्कै खुशी नै व्यक्त गर्न जुर्मुरायो। जुन एक सत्य घटना थियो र आज यस काव्यको भूमिकामा पढ्दा आफैलाई समेत आनन्दित बनायो।

जानेर या नजानेर होस हामीले थुप्रै मान्छेहरुलाई सुझाव र सल्लाह दिएका हुन्छौं। हामी नेपाली आफ्नो पेशामा भन्दा अरुको पेशामा सुझाव दिन झन् एक कदम अगाडी छौं। म पनि त्यसबाट कोइली किन हुन्थे काग नै हुन पुगे।

एक भूमिगत र अर्ध भूमिगत स्तम्भ लेखनबाट व्यंग्य साहित्यमा प्रवेश गरेका कबि पन्त संगको मेरो सहकार्य लामो भने होइन। चिनजान करिब १ वर्ष भन्दा पनि छोटो छ। नेपाली स्तम्भ लेखनमा एक नयाँ बेग्लै प्रयोग खाल्टे पत्र (अर्को लेखमा नाम खुलाउने सर्तमा लेखिएको पत्र) मार्फत नयाँ सुरुवात गर्ने पन्तले समाजका बिबिध राजनीतिक सामाजिक बिकृति विसंगति उपर लेखेका व्यंग्य कथा, निबन्ध, कविता मैले धेरै पढेको पनि छु र आफ्नो मिडिया हलिउडखबरमा प्रकाशित पनि गरेको छु।

समाजमा कुनै नौलो खालको विसंगति आएको क्षणभरमा नै मेरो इमेलमा लेखि पठाउने यी कवि वास्तवमा नै अद्वितीय छन्। अब यी कबि को के कबिता आउने भो भनेर सोच्ने पाठकहरुलाइ मैले चलाउने गरेको नेपाली अनलाइन पत्रिका हलिउडखबरमा कबि पन्तका केहि व्यंग्य कविताहरु संग्रहित गरेर राखिदिएको पनि छ। उनै कविका पोष्ट कुरेर बस्ने दिन समेत आए। यो स्थिति हाल सम्म कायमै छ पनि।

मलाइ राम्रोसँग याद छ, नेपाली नया बर्षको दिन थियो। चिनेन कोइलीले भन्ने शिर्षकको कविता प्रकाशन गर्नको लागि मसंग आइपुग्यो। सदा झैँ कबिता हेरे। बोल्ने मात्र तर नसुन्न्ने अनि को हो, को हो भन्दै सोघ्दै हिड्ने चराको आवाजलाई मानबिय प्रवृतिसंग जोडेर लेखेको कबितामा निकै बृहत बिषय बस्तु समेटिएको पाइयो। यो बिषय बस्तुलाइ यसरी फुटकर कबितामा खेर नाफाल्नुस, काब्य लेख्नुस भन्दै सल्लाह समेत दिएँ। कविले त्यहि अनुसार सोच्न र लेख्न थालेका थिए।

हुन त म साहित्यमा दख्खल भएको व्यक्ति पटक्कै होइन। बेला बेलामा समयानुकुल कविका अरु व्यंग्य कबिताहरु पनि आइ रहन्थे। मैले काब्य यात्रा र यसको प्रकारको बारेमा जिज्ञासा राख्न पुगे। नेपाली साहित्यमै बिध्यावारिधि गर्नु भएका र दर्जनौ पुस्तक लेखि सकेका एकजना प्रोफेसरको राय अनुसार व्यंग्य काब्यको अंग र मर्म बोकेको छ भन्ने जवाफ पाइयो। अनि यसलाई कविकै निर्णयमा व्यंग्य काब्य नाम दिने निर्णय भयो अनि छपाईको लागि नेपाल पुगेको र नेपाली साहित्यमा यहा भन्दा पहिला कुनै ब्यङ्ग काब्य छ कि छैन भन्दै बहस र अनुसन्धान शुरु गरेको खबर पाए।

हुन त काब्यको समिक्ष्या गर्ने हैसियत मसँगै छैन। म त्यो महान कार्य पुरा गर्ने क्षमताको व्यक्ति हुँ भन्ने पटक्कै विश्वास छैन। तर लामो समय पत्रकारिता गर्दा थुप्रै लेखक र साहित्यकर्मीहरुको लेखनलाइ अलि-अलि धार लगाउने काम गरेको भने पक्कै हो। त्यो सानो आफ्नो अनुभब अनि एक साहित्यानुरागी र आफै पनि एक उपन्यास प्रकाशनको संघारमा रहेकोले आफैसंग ठोक्किएर काव्यको रुपमा आएको यो काव्यको बास्तबिकता र बिषयबस्तु बारे केहि लेख्न जरुरि ठाने। अनि यहाँ केहि शब्द र हरफ पोख्ने चेष्टा गरे।

एक सात बर्षीए कबिकी छोरी, कोइली चरी र कबि यस काव्यका मुख्य पात्र हुन्। चराले आफ्नै सुरमा को हो, को हो भन्दै कराउदा मलाई किन सोध्यो भन्दै म हु, म हु भन्दै चराको आवाजको प्रतिउत्तर लगाएको एक बाल शुलभ गतिबिधिबाट शुरु भएको छ यो काब्य। धेरै बोल्नेले अरुको कुरा नसुन्ने र गर्न पनि केहि पनि नगर्ने, चल्ला समेत अर्काका गुडमा पार्ने र उसैलाई हुर्काउन लगाउने कोइली चरीको बिशेसतालाइ मानबिय प्रवृतिसंगै सुन्दर र आकर्षक रुपमा जोडिएको छ। यो कुरा पुस्तौ देखि त कोइलीले नचिनेको पात्र को हो र किन चिनिनस भन्दै कविको र कोइलीको प्रस्नोतरबाट अगाडी बढेको छ, यो काब्य।

आधुनिक फेशनले रुप बिग्रिएका युबा युवती उपरको व्यंग्य गर्ने क्रममा माथि भोटो र तल कट्टु मात्र लगाएर हिंड्दा घरको चाबी राख्ने खल्ती नभई नाइटोमा चाबी झुन्ड्याउने मुन्द्रो राखेकी हौ कि के हौ भन्दै चराले गरेका प्रश्न सुन्दा एक्लै निकै हासे पनि म। आधुनिक फेस्बुके बिकृति, महिला हिंसा, पशु अधिकारका बिषय बस्तुको मालामा गसिएको यो काब्य न्यायिक, मार्मिक, सान्दर्भिक र गर्भिक छ। जब विदेशबाट भिसा लगाएर आएका शिकारीले नाउर मारेको कथामा पुग्छ तब बढ्छ धड्कन, रोकिन्छ स्वास अनि भरिन्छन आँखाका कोष। यति मात्र होइन सोझो भेडाको दर्दनाक बिलौनाले आँसुमा डुब्न पुग्छ पाठक, औंलाले होइन, दुइ हत्केलाले नपुगेर तप्प तप्प पोखिछ आँसु।

तिमी भने लाज नमानी एक पदमा दुइटा बसेर खान हुनी हामी बनमा बसेकालाइ भने धेरै छन् मारे केहि हुन्न भन्दै बिदेशीलाइ शिकार गर्न/मार्न दिने भन्दै निकै चोटिलो व्यंग्य प्रहार देखिन्छ। यसरी त्यो बस्तीमा डुल्दै हिड्दा गृहयुद्दबाट ज्यान जोगाउन भागेर गाउ छोडेको र आहिले फर्केर आउदा चराले कोहो भन्दा तर्सेको परिवेश, लुकी छिपी भेस बदलेर गाउमा आएका बन्दुकधारीलाई को हो भनेर प्रश्न गर्दा गोलि हानेर मार्न लागेको बिगतको द्वन्दकालको चिरफार पछि अहिलेको स्थानीय निकायका बेथिति तर्फ प्रवेश गर्छ कथा।

डोजर साहु हो की जनप्रतिनिधि बजेट माथि डोजर लगाएको हो कि बाटा माथि, आफ्नो चुनाबको बाटो बनाएको हो कि गाउको भन्दै बर्तमान असारे विकास माथि बेस्सरी खनिन पुग्छ यो काब्य।

यसै क्रममा त्यो बस्तीमा धर्म किनुवा स्वदेशी र बिदेशी दलालहरु प्रवेश गर्छन। अनेक सामान बाड्न तिनीहरु दिन आएका हुनकी लिन आएका हुन् भन्दै चराले प्रति प्रस्न शुरु गरेर बस्तिबाटै लखेटेको कहानी सुरु हुन्छ यहाँ।

बिगतमा उसैलाइ गुलेलिले हान्ने केटो फूलमालाले पुरिएर नचिनिने गरि बस्तीमा आउदा उसले जे पनि खाने जे पनि बोल्ने प्रवृति उपर पनि व्यंग्य सुरु हुन्छ। यसरी आगाडी बढेको हरेक बिषय लिएको र सबैमा मन छोएको यो व्यंग्य माला बैदेशिक रोजगारले ल्याएको बर्तमान सामाजिक पारिबारिक बिकृतिमा जोडिन पुग्छ। आफुले विदेश बस्दा कमाएको सबै सम्पति लिएर नाठोसंग श्रीमती भागेको कथा हुदै पहिला खान नपाएर मर्ने मान्छेहरु अहिले खान नजानेर मरेको कथामा ब्यङ्ग गर्न थाल्छ।

यसरी त्यो बस्तीका सबै पाटाहरुलाइ केलाउदै हिडेको कोइली एक पटक यस्तो ठाउमा पुग्छ जहा चोरि भैरहेको हुन्छ। तर कोहि मान्छे पनि त्यो उपर बोल्दैनन। तर अनायसै कोइलीले कोहो भन्दा लौ देखेछन् भन्दै चोरहरु भाग्छन। मानवमा भन्दा बरु चरामा बिबेक रहेछ भन्दै यो जगतको जिम्मा कोइली र कागलाई दिदै ल कोइली पनि पुजा गर भन्दै व्यंग्यबाट शुरु भएको काब्य व्यंग्यमै आएर बिट मार्छ।

यो काब्यलाइ नेपाली साहित्यको पहिलो व्यंग्य काब्य हो भन्ने आधार केन्द्रिय पुस्तकालय किर्तिपुरको आइएसबिएन शाखाको आभिलेख, केन्द्रिय पुस्तकालय लगाएयत अन्य पुस्तकालयका बर्तमान र पूर्व कर्मचारीसंगको सोघपुछ, स्वदेश तथा प्रबाशमा रहेका साहित्यकारहरुसंगको सोधपुछ, पहिलो काब्य यस भन्दा आगाडी छ छैन भनेर सामाजिक संजालमा चलाइएको बहसलाइ आधार मान्दा अर्जुन राज पन्तको कोइली नै नेपाली साहित्यको पहिलो व्यंग्य काब्य भन्ने कुरा ठहरेको छ। अनुसन्धान अबधि २०७६ बैसाख देखि भाद्र २० सम्म यो भन्दा अगाडी निस्केको कुनै व्यंग्य काव्यको बारेमा केहि जानकारी भए कृपया काब्यकारलाई जानकारी गराई दिनुहोला।

अन्तमा; काव्यकारलाइ हार्दिक बधाई काब्यलाइ शुभकामना !

****लेखक/कविका अन्य रचनाहरु****

हदै भए बिदा होला कोइली तिहार भनि !

https://hollywoodkhabar.com/bangya-koili-panta

शर्म निरपेक्ष राज्य

https://hollywoodkhabar.com/nirapeksha-rajya-nepal

ब्यङ्ग्य कविता:एप्पल माला

https://hollywoodkhabar.com/arjun-apple-mala

व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै

https://hollywoodkhabar.com/chainize-janai-panta

व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि

https://hollywoodkhabar.com/arjun-teej-jatra2019

कृषि प्रधान शरिर

https://hollywoodkhabar.com/krishi-pradhan-sharis

पिर्के सलाम

https://hollywoodkhabar.com/pirke-salam-arjunpant

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

https://hollywoodkhabar.com/byanga-kabya-pantkoilij21

ब्याङग्य कविता:पद एक तलब अनेक

https://hollywoodkhabar.com/byangya-kabya-panta

ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

https://hollywoodkhabar.com/becheu-tundikhel-panta

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

https://hollywoodkhabar.com/nrna-story-yamalok

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

https://hollywoodkhabar.com/netaka-maala-chyapiyera

व्यंग्य कविता:दुइ पाइलटी जहाज

https://hollywoodkhabar.com/dui-pailati-jahaj

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

https://hollywoodkhabar.com/marshi-puran-pant?fbclid=IwAR36hXPCr7AVfD1r2qCZreAMqqEi3gL2cM6h3orBTTlZDAc6752wO5CAbRs

https://hollywoodkhabar.com/dui-pailati-jahaj

कुकुर पालन

https://hollywoodkhabar.com/kukur-palan-panta

संघिय जहानियाँ गालातन्त्र

https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

https://hollywoodkhabar.com/durbal-bakhri-secrefice

घर फोर्नु कुखुरा नचोर्नु

https://hollywoodkhabar.com/ghar-kukhura-panta

सिंह दरवार फेरियो मुहार ?

https://hollywoodkhabar.com/sinha-darwara-panta

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार

https://hollywoodkhabar.com/guhar-bamdeb-pant