-व्यङ्ग्य कवि पन्त

पिर्के सलाम

Hollywood Khabar June 26,2019 Comments

अर्जुन राज पन्त/६/२७/१९

हेर्दा हेर्दै सलामी नि आए कस्ता कस्ता
पिर्के ठेउके टेबुले भए अति सस्ता

भट्टी होस कि गाउँबस्ती जहाँ तहीं आज
ठाउँ न कुठाउँ सलामी छ छैन कतै लाज

सलाम हो कि लाखे नाच बिचित्रै पो भाछ
ठेउका चढ्दा नपुगेर टेबुल माथि गाछ

देखिन्न त भर्याङ्ग कतै क्यारी त्यहाँ चढे
हनुमानले उचालेकी आफैं अघि बढे

बर्षा यामको हिलो जमिन टेबुल माथि चढ्दा
टेबुल सेबुल भासिएला तिम्रा भारले गढ्दा

अजङ्गको तिम्रो शरीर चढ्दा टेबुल माथि
कोल्टिएर पल्टिएला गर्दा नाना भाँती

ज्यानको डर त मान गाँठे धराप माथि चढ्दा
अङ्गभङ्ग होला फेरि त्यहाँबाट लड्दा

सलामीमा हात उठाउँन दुवै गोडा जोड्दा
एउटा गोडा टेबुल माथि अर्कोले ठाउँ छोड्दा

ढुन्मुनिएर खासौला नि कुकुरमुन्टी गदै
लगाएर ठाडा खुट्टा टेबुल मुनि पर्दै

सलामीको रहर गर्दै जे भेटेनी चढ्दा
गर्न पर्ला उप चुनाब तिमी त्यहाँ लड्दा

दूरदराजका गाउँमा जाउला टेबुल कहाँ पाउला
नभेटेर हनुमानले डोको लिई आउला

नचढ्नु है डोका माथि टेबुल चढेसरि
अरु भन्दा माथि भइ सलाम खाने गरी

मक्किएको त्यस्तो डोको कच्याक कुच्चुक पर्ला
सलाम खाने तिम्रो रहर डोका भित्र झर्ला

खोजी कतै अर्को डोको त्यो डोकालाई फाली
बोकाएरै ल्याउनु पर्ला डोकैभित्र हाली

नचढ भो डोका टेबुल चढ पिर्का मात्र
सलामीमै हत्य गर्ने अनिकाले पात्र

ज्यानै माथि जोखिम पर्दा लाजै मान्छौ किन
जहाँ जाँदानी सँगसँगै पिर्का बोकी हिंड

***व्यङ्ग्य कवि पन्तको व्यङ्ग्य काब्य काेइली छिट्टै बजारमा आउँदै छ***

****लेखक/कविका अन्य रचनाहरु****

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

https://hollywoodkhabar.com/byanga-kabya-pantkoilij21

ब्याङग्य कविता:पद एक तलब अनेक

https://hollywoodkhabar.com/byangya-kabya-panta

ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

https://hollywoodkhabar.com/becheu-tundikhel-panta

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

https://hollywoodkhabar.com/nrna-story-yamalok

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

https://hollywoodkhabar.com/netaka-maala-chyapiyera

व्यंग्य कविता:दुइ पाइलटी जहाज

https://hollywoodkhabar.com/dui-pailati-jahaj

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

https://hollywoodkhabar.com/marshi-puran-pant?fbclid=IwAR36hXPCr7AVfD1r2qCZreAMqqEi3gL2cM6h3orBTTlZDAc6752wO5CAbRs

https://hollywoodkhabar.com/dui-pailati-jahaj

कुकुर पालन

https://hollywoodkhabar.com/kukur-palan-panta

संघिय जहानियाँ गालातन्त्र

https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

https://hollywoodkhabar.com/durbal-bakhri-secrefice

घर फोर्नु कुखुरा नचोर्नु

https://hollywoodkhabar.com/ghar-kukhura-panta

सिंह दरवार फेरियो मुहार ?

https://hollywoodkhabar.com/sinha-darwara-panta

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार

https://hollywoodkhabar.com/guhar-bamdeb-pant