डा बाबुराम भट्टराईको अमेरिकी तीर्थाटन , Picture by Ramchandra Bhatta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

Hollywood Khabar September 22,2018 Comments

सर्बप्रथम त खाल्टे पत्र के हो भन्ने बारेमा नै भन्नु सान्दर्भिक होला।  कुनै गम्भीर बिषयमा लेखकले आफ्नो परिचय नखुलाई बिबिध कारण सहित आफ्नो धारणा राख्ने पत्रलाई खाल्टे पत्र भनिन्छ। नेपाली भाषा र शब्दकोषमा यसको परिभाषा कसरी गरिएको छ कुन्नि तर आम जनमानसमा यसलाई यसरी नै बुझिन्छ।

प्रवेस गरौ बिषय बस्तु तर्फ। प्रसंग सेप्टेम्बर १६, २०१८ मा अमेरिकाको डालस सहरको एक मन्दिर परिशरमा भएको एक अन्तरक्रिया कार्यक्रम को हो। त्यसमा भय गरेका गतिबिधिहरु सामाजिक संजाल र विभिन्न पत्र-पत्रिकामा आएका खबरहरु हेर्ने मौका मिल्यो। सर्बप्रथम त तपाइ डा बाबुराम भट्टराईले आजिबन साम्राज्यबादी भनेर सरापेको मुलुकमा आफै अबलोकन भ्रमण गर्न गरेको साहश र उत्सुकतालाई सम्मान नगरी रहन सकिन।

सामाजिक संजालमा भाइरल भएको बाबुरामको तिर्थयात्रा भन्ने फोटोकै बिषयमा जाउँ। पूर्व राजा ज्ञानेन्द्रको शैलीमा महारानी हिशिला यमी सहित मन्दिरको पूजा आजाको बिषयमा जिज्ञाशा लिदै गरेको तपाईको शान्ति स्वस्ति, टिका र प्रसाद ग्रहणबाट नेपालमा मात्र हैन बिश्व भरिनै शान्ति छाओस र अनाहकम कसैले पनि ज्यान फाल्नु नपरोस। कसैको सोझोपन निर्दोषी बुझाईको फाइदा लिएर कसैले पनि राजनीतिक फाइदा नलिउन। तपाई डा भट्टराई जस्ता धुरन्धरहरु अरुको बहकाइमा नलागुन। आफ़ुसंग भएको सहि ज्ञानको सहि ठाउँमा प्रयोग गरुन। तपाइले जस्तो भविश्यमा पाछुताउने काम बर्तमानमा कसैले पनि नगरुन।

तपाईले बिगतमा सहि गर्नुभयो या गलत गर्नुभयो त्यसको मुल्यांकन गर्ने हैसियत त म राख्दिन। तर तपाइको हालको सोच र  प्राप्त उपलब्धिबाट जो कोहिले पनि तपाइ पश्चातामको कुण्ठामा हुनुहुन्छ भन्ने कुरा सजिलै अनुमान लगाउन सक्छन।

सिधा एक वाक्यमा भन्नुपर्दा हजारौ हजारको निरर्थक बलिदानी, खरबौको नोक्सानीबाट पाएको एक मात्र उपलब्धि भनेको राजसस्था हट्नु हो। अर्थात जनताले मुलुकको राष्ट्र प्रमुख हुन पाउनु शिवाय केहि रहेन। त्यो उपलब्धि कस्तो रह्यो भन्ने कुरा पनि नेपालका हाल सम्मका दुइ रास्ट्रपति ठिक कि राजा नै ठिक भन्ने गोप्य सर्बेक्षणको नतिजा हेर्नुहोस् अनि उपलब्धिमा गर्ब गर्नुहोला।

डा भट्टराईज्यू; कृपया यो लेखलाइ हेर्दै यो खाल्टे पत्र लेख्ने मान्छे मेरो बिरोधि रहेछ  भनेर पुर्बाग्रह नराख्नु होला।

अमेरिकामा तपाइको बिरोध किन भयो भन्ने कुराप्रति तपाइले बुझ्नु जरुरी थियो। तपाइको बिरोध गर्नेहरुले आफूमा निहित शान्तिपूर्ण रुपमा बिरोध गर्न पाउने अधिकारको प्रयोग गरेका हुन्। यस्तो बिरोध गर्दा तपाइ र तपाइका महान शिस्यबाट कोहि पनि पिडित हुनु नपरोस।

तपाइको शिस्य, महान लेखक जसले ट्वीटरमा बिरोधीहरुलाई गाली गर्दै जे पायो तेही लेखे उनलाई पनि भन्दिनु कि अमेरिकी जनता जस्तै त्यहाँ बस्ने नेपालीहरु पनि विचारका स्वतन्त्र रहेछन। हे गालीवाला, उनीहरु त तिमी जस्ता बियर र माशुको लेखनदास गर्ने काम पनि गर्दैन रहेछन। हामी त्यो समयका आनोद्लनकारीहरुले नै बिगतमा अनाहकमा बाबु मारेका टुहुराहरु र बिदुवा हुनु बाध्य पारेका आमाहरुका छोराछोरीहरु, ज्यान जोगाउन खाडी देखि आमेरिका र अन्य मुलुक पुगेका रहेछन। अनि अर्को कुरा तिमीले भनेको जस्तो कामको धारणा पनि सत्य होइन रहेछ। काम कुनै ठुलो सानो हुन्न रहेछ। तिमीले जस्तो चाकडी गरेर भाडामा लेखेर खानु भन्दा त अर्काको चर्पी सफा गरेर खानु राम्रो पो रहेछ।

हे गालीवाला लेखक अझै भन्नुपर्दा, ति अमेरिकामा बस्ने नेपालीले चर्पी नै सफा गरेको भए पनि कुनै धर्म बिशेषका मान्छेको मात्र गरेनन होला। सबै धर्मलाम्बिको चर्पी सफा गरे होलान। त्यसमा तिमी हामीले जस्तो भेदभाब राखेनन् होला। बरु तिमी र हामीले नै क्रिष्टियनहरुको प्रलोभनमा परेर विश्वकै पुरानो हिन्दुधर्म संस्कृति माथि प्रहार गरेका छौ। उनीहरुले त चर्पी सफा मात्र गरेका होलन, हामीले त कतै के के त ---- भनेर कसैले सोधे भने तेस्को उत्तर हामीसंग छ जस्तो मलाइ लाग्दैन। हो, साच्चै भन्नुपर्दा मान्छेबाट गल्ति हुदोरछ। गल्ति सुधार्नु र प्रायश्चित गर्नु ठुलो कुरो हो भन्ने कुरा मैले राम्रैगरी बुझे। त्यसैले अमेरिकाका मठ-मन्दिर भित्र पसेर सबै पाप पखालेर हल्का हुने प्रयास गर्दैछु। तिमी लेखक पनि तिम्रो वरिपरि मस्जिद, चर्च के छन् त्यहाँ गएर प्रायश्चित गर्दा पनि राम्रो हुन्छ।

बास्तबमा धर्म साश्वत सत्य नहोला तर अनुशासनको लगाम हुदो रहेछ। हिजो हामीमा अलिकति पनि कुनै पनि धर्मको आस्था हुन्थ्यो भने तेत्रो ठूलो उपद्रो गरिने थिएन होला। अब आज आएर लाज मान्नु पर्ने बिषय बस्तु रहेन। हाम्रा महान कमरेडहरुले ग्रह दशा कटाउन भैसी दान गरिसक्नुभयो। बरु गल्ति कहानेर भयो भने हिजो संस्कृत पढ्नै दिएनौ अनि आज भैसी दान गर्दा मन्त्र पढ्ने बाहुन नभएर भारतबाट झिकाउनु पर्ने भयो।

अब कुरा फेरौ डा भट्टराईजी। तपाईको ठाउमा म हुन्थे भने ति कालो झन्डा देखाउने मान्छेहरुप्रति प्रतिसोधको छड्के आखाले हेर्ने थिइन। उनीहरुलाई नमस्ते गर्दै ल आउनुस भित्र बसेर कुरा गरौ भन्दै बिनम्रतापूर्बक संगै लिएर जान्थे। सबै भन्दा पहिला ससम्मान उनीहरुको आफ्नो धारणा सुन्थे अनि जवाफ दिन्थे।

कुरा रह्यो कार्यक्रमको। मैले देखे सुनेसम्म खुला जस्तो देखिने त्यो अन्तरक्रिया कार्यक्रम थियो। सबैलाई निशुल्क प्रसेश गर्न र मनमा लागेका कुरा राख्न पाइने जस्तो थियो। तपाईसंग प्रश्नोत्तर गर्न दिइएको जस्तो पनि देखिन्थो। कार्यक्रमको बीच भागमा एक जना महिलाबाट नै नेपाली सिने जगतकी हस्ती, राष्ट्र प्रेमको भावले ओतप्रोत हाल सम्म सार्बजनिक पद धारण गरेर राज्य श्रोत बाट १ पैसा पनि दोहन नगरेकी एक होनहार कलाकार करिश्मा मानन्धरको शैक्षिक योग्यता, पार्टीमा संग्लग्नता र भूमिकाप्रति खिल्ली उडाउने काम भयो। तेस्मा भने मेरो मन दुख्यो। तर तपाईको मर्यादित र सारगर्भित उत्तरले सबैको मुखमा बुझो लागेकै थियो।

सबैले तपाईको बिगत र वर्तमान सोच सम्बधि विभिन्न किसिमका राजनैतिक प्रश्न राखेकै थिय। मन्दिरकै परिसरमा भय पनि त्यो कुनै धर्म सभा त पक्कै थिएन होला। तर केहि समय पछि, एक जना मुडूलो टाउको गरेका सहाभागिले सान्धर्भिक प्रश्न राख्न खोज्दा उहाप्रति अपमान र दुर्ब्यबहार भएको देखिन्छ। करिस्मा मानन्धरलाई उपहास गर्दा मज्जा उडाउने तर शेर बहादुर देउबाप्रति बोल्दा बाहिर जा भन्नु पर्ने कस्तो जमातले कार्यक्रम गरेको हो ? यो कसको निर्देशन हो ? त्यो कार्यक्रमको सर्बाधिकार माइक बाड्ने मान्छेमा थियो कि अरु कसैमा ? जे होस् सुन्न र देख्नमा साह्रै लज्जास्पद थियो त्यो अन्तरक्रिया ओलीले भनेका अरिंगाल जस्तै।

सामाजिक संजालमा कता-कता शत्रुको साइत बिगार्न आफ्नो नाक काट्दा समेत आफै अपमानित हुनु पर्यो भन्ने किसिमका गुनासा पनि देखिए। भएको बास्तविकता तपाईलाई नै थाहा होला। चित्रमा तेती राम्रो देखिने तेती मिलेको नेपाली समुदाय तपाईको कारणले विभाजित नहोस। नेताका कारणले बिबेक सुन्य हुने गरि विभाजित हुने नेपाली त जति पनि यहि नेपाल मै छौ। अमेरिकामा बस्ने नेपालीको त्यो हालत नहोस, डाक्टर्साप जसरी हुन्छ उतै मिलाएर आउनु होला ।

सुन्दैछु, कता-कता बाबुराम सपरिवार असाइलम फाइल गर्न अमेरिका पुगे भनेर उडाएको पनि हुन। क्राइटेरिया पुरै पुग्ने जस्तो देखेर तपाइलाई तेसो भने होलान। बास्तबमै तपाई आफै पनि माओबादी पिडित त हो नै। सुन्दैछु, नक्कली माओबादी पिडितले कांग्रेसको चिट्ठी बनाएर सरण माग्न जाने त्यो मुलुकमा तपाई त झन् वास्तविक पात्र हो।  बेला-बेलामा तपाइलाइ माओबादीले मार्न खोजेकै हुन् रे। आहिले पनि तपाई पक्का माओबादी पिडित, झन् कांग्रेसले त भोट नै दिएको मान्छे। उडाउनेलाई उडाउन दिनुस। तर खेलो हराएका पत्रकार बोलाएर पत्रकार सम्मेलन गरेर ओठे जबाफ नफ़र्काउनुस। यस्ता अरिङगले राजनीतिज्ञहरुको हाम्रो देशमा कुनै कमि छैन।

तपाईलाई रत्नाकर डाकुको संज्ञा त म दिन सक्दिन। तर ज्ञान अज्ञानमा परिस्थिति बस सबैबाट गल्ति भएकै हुन्छन। त्यसको परिमाण मात्र सानो ठुलो हुने हो। भनिन्छ, आफुबाट भएको गल्ति स्वीकार गरेर सबैसंग बिनम्र बन्दै गएको मान्छे संसारमा कतै सानो हुँदैन। महाभारतमा आफ्ना नाबालक छोराहरुको शिर छेदन गर्ने अशोथ्थामालाई समेत आम माफी दिने द्रौपदी जस्ता आमाहरुको मुलुक हो नेपाल। तपाईमा पनिं कुनै कमि छ जस्तो त लाग्दैन, त्यो सुरुवात आफैबाट गर्नुहोस।

त्यसैले, तपाइको लागि यो एउटा मौका पनि हो। तपाइले माफी मागेपछि त्यो कालो काल खण्डमा जो जो जिम्मेबार थिय सबैले पालै पालो माफी माग्ने नै छन्। तब मात्र तपाईले भने जस्तै आफ्नै जिबन कालमा समुन्नत नेपाल हेर्ने सपना पुरा होला। नत्र यस्ता काला झन्डा देखेर मन कालो बनाएर आजिबन हिड्न पर्ने कुरामा कुनै संका छैन।

यतिजना समर्थक थिय र यतिजना बिरोधि थिए भनेर twitt गर्न छाडदिनुहोस्। तपाई अब त्यो बेलाको क लालध्वज हुनुहुन्न। अब तेस्को गन्ध कतै आउनु पनि हुन्न। जे भयपनि तपाई परिक्षण कालमा हुनुहुन्छ। सामान्य रुपमा यति कुरा भन्दा त म आफ्नो परिचय खोल्न चाहन्न अनि यो खाल्टे पत्र लेख्दै छु। किन कि मलाइ तपाई प्रति विश्वास छैन। अझै पनि पटक्कै विश्वास छैन, आखिर किन ?

देख्दै छु, सामाजिक संजाल भरि हजारौ मान्छे मारेको पाप, आफ्नी छोरि बिदेशमा पढाएर दुनियाका छोरा छोरीलाई बुर्जुवा शिक्षा काम छैन, पढ्न पर्दैन ल हिड युद्दमा भन्दै अलपत्र पारेको कथा। त्यो श्राप, अयोग्य बनइएका र घाइते अपाङ्ग लडाकुको आशु, संस्कृतका किताब जलाएको, मन्दिर र पण्डित माथि गरेको कुकृत्य, ध्यानको बुद्धिस्टलाइ जथाभावी गरेको पाप त छंदैछ। अनि ति सबैको एक मुस्ट पाप पखाल्दै गरेको तपाइको अमेरिकी तिर्थ यात्राको प्रतिफल के होला? फेरि मन्दिरमा पूजा गरेको नाटकी फोटोको बास्तबिकता के हो त्यो भने आफै जान्नुस।

जे होस् हामीमा हाम्रो मुलुक र नेतालाई गाली गर्ने आधिकार त होला तर आजिबन साम्राज्यबादी भनेर आर्कालाई गाली गर्ने अधिकार पक्कै पनि छैन। यो पाप पनि हो, त्यसैले बिमानस्थलमा ओर्लना साथ माफ पाउ अमेरिकी धर्तिआमा भनेर ढोग गर्नुभयो या गर्नु भएन आफै जान्नुस।

छिट्टै चर्चमा गएर माफ पाउ अमेरिकी जनता र धर्तीमाता भनेर प्रार्थना गरेको फोटो पनि हेर्न पइयोस। नत्र नेपालीले मात्र हैन अमेरिकनहरुले पनि अरु नै के के गर्लान। जे होस् आफ्ना कारण भएको समुदायको बिभाजन साम्य पारेर आउनु होला अनि त्यहाका सबै राम्रा अनुकरणीय कुरा सिकेर आउनुहोला।

यो मुलुकलाई बिगतको लालध्वज हैन, सबैको मनको राम-बाबुराम चाहिएको छ। मैले यो लेखमा गलत लेखेको भय माफी मागे, आग्रह पूर्वाग्रह नराख्नुहोला। तपाइले पनि अमेरिकी र नेपाली जनताप्रति माफी माग्दिनुहोला। माफी नै मागेर तपाइको कद घट्छ जस्तो लाग्दैन। परिस्थिति उपुक्त भयो भने अर्को लेखमा मेरो नाम खुलाउँला !!!!!!!!