अर्जुन राज पन्त/७/१/१९
फुकालेर हरका लुगा धानका बिउले छाेपी
काेहिले लाछन शीरै माथि बनाएरै टाेपी
सम्मान हाे कि अपमान हाे बिचित्रै छ आज
हरकाे बश्त्र हटाएर बिउले छाेप्छन लाज !
फाँटैभरि राेपिने बिउ हाेटल भित्र गाछ
मनि प्लान्टकाे हाँगाे सरि गमलामा ला छ
गमलामै फूलाेस फलाेस त्यहि झुलाेस बाला
जस्ले राेप्छ गमलामा त्यसले त्यही खाला
नभरिएमा उसकाे भुँडि त्याे धानका भातले
गमलाकै माटाे खाओस उभाएर हातले
कसैको छ शीरै माथि टाेपी जस्तै गरि
देखिएकाे उनकाे टाउकाे खेतकाे गरा सरि
उखरभुमी त्याे टाउकाेमा क्यारि बिउ उम्राे!
थाेपराे कि हिलाे कतै मार्छु भनि जुम्राे
ढाक्नु पर्ने तिम्रा अङ्ग धानका बिउले छेक्दा
लत्रिएर तन्द्रयाङतुन्द्रुङ लटा सरि देख्दा
तर्सिएलान बच्चा-बच्ची बनमान्छेमा गनि
साताे जाला तर्सिएर यसले छल्छ भनि !
लाेभिएर बाख्रा बाेका आउलान त्यहि चर्न
तिम्रा हरकाे धानकाे बिउले उनकाे भुँडी भर्न!
धर्ती स्वरुप नारी शरिर बश्त्र लगाइ छाेप
दुईटै मात्रै किन नहोस गाभा खेतमै राेप
बाँझै छाडि खेत सबै राेपाँइ शरिर भरि
बश्त्र सरि धानकाे बिउ कम्मर वरिपरि
कृषि प्रधान देशमा आज कठै यस्तो चाला
धानको विउका भित्रि बश्त्र अनि गलामाला !
खेतैभरि बनमारा घाँटी भरि धानछ
बिदेशी त्याे रड्डी चामल मिठाे मानि खान्छ !
धानकै बिउकाे माला बश्त्र अनि माथि केश
कृषि प्रधान शरिर भयाे भएन नि देश !
****लेखक/कविका अन्य रचनाहरु****
पिर्के सलाम
https://hollywoodkhabar.com/pirke-salam-arjunpant
व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा
https://hollywoodkhabar.com/byanga-kabya-pantkoilij21
ब्याङग्य कविता:पद एक तलब अनेक
https://hollywoodkhabar.com/byangya-kabya-panta
ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ
https://hollywoodkhabar.com/becheu-tundikhel-panta
NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा
https://hollywoodkhabar.com/nrna-story-yamalok
व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला
https://hollywoodkhabar.com/netaka-maala-chyapiyera
व्यंग्य कविता:दुइ पाइलटी जहाज
https://hollywoodkhabar.com/dui-pailati-jahaj
मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे
https://hollywoodkhabar.com/dui-pailati-jahaj
कुकुर पालन
https://hollywoodkhabar.com/kukur-palan-panta
संघिय जहानियाँ गालातन्त्र
https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta
दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ
https://hollywoodkhabar.com/durbal-bakhri-secrefice
घर फोर्नु कुखुरा नचोर्नु
https://hollywoodkhabar.com/ghar-kukhura-panta
सिंह दरवार फेरियो मुहार ?
https://hollywoodkhabar.com/sinha-darwara-panta
नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ
https://hollywoodkhabar.com/naya-yug-panta
सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा
https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal
राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान
https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant
नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त
https://hollywoodkhabar.com/nepal-vs-netapalpanta
डा बाबुराम भट्टराईलाई खाल्टे पत्र
https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa
गुहार बामदेव गुहार