Arjun Raj Panta

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

Hollywood Khabar November 20,2018 Comments

अर्जुन राज पन्त/टेक्सस अमेरिका

एकदिन ने मूनीलाई आफूले खडा गरेको नेपाल नामको देश हेर्न निक्कै न्यास्रो लागेछ। उनी स्वर्गबाट सिधै पुष्प बिमान मार्फत गौचरण बिमान स्थलमा ओर्लिय। खोई कुन चाहिँ नेता औषधि उपचार गर्न विदेश जान लागेका रहेछन कुन्नि, बिमान स्थल अत्यन्तै ब्यस्त थियो। सबै कर्मचारीहरु फूल मालाका साथ उभिएका थिए, देख्दै रण जितेर आएका सिपाही जस्ता देखिने ति नेता झट्ट हेर्दा बिरामी जस्ता त कतैबाट पनि देखिन्नथे। तर पनि उपचार गराउन विदेश जान लागेका रहेछन्।

लामो समयको पर्खाई पछि मूनीको सूरक्षा जाच सबै सकियो। उनी आफ्नो पोको कतिखेर आई पुग्छ भनेर कुरेर बसेका थिए। पोको त आयो तर सबै लथालिङ्ग खोलिएको आवस्थामा आयो। उनले यसो हेरे, पोको आफ्नै जस्तो त लाग्यो तर पहिला भन्दा निकै सानो थियो। उनले पोको खोलेर हेरे, उनकै झोला रहेछ। तर, पित्तले कमण्डलु र दुई जोर लुगाफाटो बाहेक केहि पनि सामान रहेनछ।

उनले सोधी खोजि गरे, हारगुहार गरे तर उनको कुरा कसैले सुनेनन्। सबै कर्मचारीहरु नेताकै स्वागतमा ब्यस्त थिए। कसैले त उल्टै यस्ता फुस्राले के को समान बोकेर हिड्नु भन्दै उल्टै उनलाई हपारे। बिमान स्थलमा अर्काको झोला खोल्न र समान चोर्न बानी परि सकेका कर्मचारीहरुले उनको झोला खोलेर गतिला गतिला समान र धन-पैसा सबै चोरिसकेका रहेछन्। झलक्क हेर्दा सुन जस्तो देखिने उनको पित्तले कमण्डलु भने कुनै नेताको सुन हुन सक्छ। यो चाही जसरी पनि पास गराउनु पर्छ भनरे छोडेछन। नेताको सुन आयो भने छुन हुन्न भन्ने स्थापित मान्यता अनुसार कमण्डलु चोरी भएको रहेनछ।

ने मूनीले आफू बेखर्ची भएको र आफ्ना समान-पैसा सबै चोरी भएको भनेर भन्दा कसैले उनको गुनासो सुनेनन। बरु उल्टै उनलाई गौशाला जाने बसमा राखेर पशुपतिक्षेत्र तिर पठाउनु भन्ने आदेश भयो। गौशाला सम्म त बसले छोडिदियो। त्यसपछि कहाँ जाने कता जाने अलमल्ल परे साथमा फुटेको कौडी छैन।

धन-पैसा सबै चोरी भयो अनि साथमा कमण्डलु र दुइ जोर कपडा बाहेक केहि छैन। अब कसरी घुम्ने हो त भन्दै मूनी यताउता भौतारिदै थिए। एक्कासी उनको आगाडी एक रिक्सावाला देखियो। उनले आफ्नो सबै वृतान्त त्यो रिक्सावालालाई बताए। आफ्नो परिचय पनि खुलाए। आफू ने मूनी भएको र यो शहरको स्थापना आफैले गरेको पनि बताए। यहाका सबै जनताको पालन पोषण, रेख देख आफैले गरेको समेत बताए।

मूनीले भने, मैले नै पालीत गरेका मान्छेहरुले कालन्तरमा यो देशको नाम नै मेरै नामबाट नेपाल भनेर राखेका हुन्। त्यसको धेरै वर्ष पछि यो आफूले खडा गरेको मुलुक हेर्न मन लगेर फर्केर आउदा बिमानस्थलमा आफ्नो यो हालत भयो। आफूसंग कमण्डलु बाहेक केहि पनि नभएको बताए। जसरि भय पनि यो देश आफूलाई घुम्नु पर्ने भएकोले उनलाई सहयोग गर्न आग्रह गरे। यस बापत बरु मन्जुश्रीले चोभारको गल्छी काट्दा प्रयोग गरेको खड्ग त्यहि चोभारको बनमा लुकाएर राखिएको बताए। त्यो ठाउँ समेत रिक्सावालालाइ देखाई दिने सर्तमा अन्त्यमा रिक्सावालालाई राजी बनाए। मूनी उसैसंग काठमाडौँ शहर घुम्न हिडे।

आफूले छाडेर गएको त्यति सफा, शान्त र सम्बृद्ध शहर आज उनलाई पत्याउनै गार्हो भयो। जता ततै धुलो, फोहोर, खाल्डा खुल्डी, भिड, कोलाहल, अराजकता, मान्छेको पहिरन पनि त्यस्तै, व्यवहार पनि त्यस्तै, एक ठाउँ छिचोलेर आर्को ठाउ पुग्न पनि हम्य-हम्य पर्ने, कति पय ठाउँमा त रिक्सा चल्न पनि नसकेर ओर्लेर धकेल्दै-धकेल्दै पनि हिँडे।

रिक्सावालाले आफूले भ्याय जति बस्तुस्थिति अबलोकन गराउदै आफ्नै शुरमा रिक्सा चलाउदै थियो। रिक्सा एक्कासी सडक पेटीमा ठोक्किएर पल्टियो। मूनी पनि सडकमा गर्ल्याम्म पल्टिए। आफ्नो चोट पटकको पर्बाह नगरिकन चालकले उनलाई उठायो। अरु घरहरु भन्दा अस्वाभाविक ढंगले सडक सम्मै पेटी विस्तार गरेर बनाइएको नेताको उक्त घरको पेटीमा पल्टिदा मूनीको निधारमा गहिरो चोट लागेर रगत बगिरहेको थियो। उनले आफूले लगाएको कछाड च्यातेर निधारमा बाधे। रगत त अझै पनि थामिएन।

चालक एकछिन त आत्तियो। मूनीले तिम्रो केहि दोष छैन, नडराउ, यो त घरको पेटिले गर्दा भयको हो भनेर शान्त पारे। यति सुने पछि चालकले भन्यो, यहाँ यस्तै हो नेताहरु नियम कानून भन्दा माथि हुन्छन्। यिनले जे गरे पनि हुन्छ, यो पेटी बनाउनै नपाइने हो। तर यहाँ यस्तै हो, नेताले जे गरे पनि हुन्छ, न्यायलय, पुलिस सबै यिनीहरुकै कब्जामा छन्। केहि उजुरी गर्न थानामा जानु पर्यो भने पनि पहिला नेताको सिफारिस चाहिन्छ, नत्र मुद्दा नै दर्ता हुदैन। हत्या, बलत्कार जस्तो जघन्य घटना घट्यो भने पनि पहिला नेतालाई फोन गरेर मात्र पुलिससंग गुहार माग्ने हो। आफूले चिनेको नेता सत्तामा नभए न्याय खोज्न नहिडे पनि हुन्छ। यहाँ नेताको ढोका अगाडि धेरै बेर बस्दा तपाइको घाउको रगत चुहिएर जताततै हुन्छ। दैलो अगाडि रगत देखेर नेता रिसाउलान, बरु देउता रिसाएर केहि हुन्न नेता रिसाए भने त आपत्तै पर्छ। रगत पनि थामिएन बरु अस्पतालतिर जाउ भन्दै चालकले अस्पताल तिर लग्यो।

नजिकैको निजि भब्य अस्पतालमा त पुगे तर उनको रक्त श्राब्को कसैले पनि वास्ता गरेनन्। पैसा नतिरे सम्म उनको सामान्य प्राथमिक उपचार पनि भएन। सबैसंग अनुनय बिनय गरे तर पनि कसैले उनको कुरा सुनेनन्। मूनीले मान्छेहरुको मानवतालाई पनि धिक्कारे। अन्त्यमा, केहि सिप लागेन अनि आफूसंग भएको पित्तले कमण्डलु बन्धक राखेर उनको काटेको निधारमा टाँका लगाउने काम भयो।

टाँका लगाई नसक्दै आफैमा निक्कै उदास देखिने ति परिचारिकाले अनुरोध गरिन। लौन बाबा यति हस्त रेखा हेर्दिनुस भन्दै आफ्नो हात तेर्साइन। मूनीले भने, म कुनै हस्त रेखा हेर्ने बाबा होइन, म त एक शाधू-शन्त हुँ। नानीले यत्रो भरोसा राखेर बिश्वास गरिहालेउ बरु मलाई नै सानो सहयोग गरिदेउ न भन्दै आफ्नो कथा व्यथा सुनाए। मूनीको कुरा सुनेर ति परिचारिकाले भनिन - यो अस्पताल पनि हजुरले बिमानस्थलमा भेटेका तिनै बिरामी भएर उपचार गर्न विदेश जाने नेताहरुकै हो। म आफै समेत पछि जागिर पाईने आशमा छ महिनाका लागि अबैतनिकरुपमा काम गर्दैछु। मूनी छक्क पर्छन, यहाँ नै आफ्नै यति ठूलो अस्पताल हुदा-हुदै किन विदेश जान पर्यो त फेरि ? अनि, मालई सेवा दिएर आखिर तिमीले केहि पनि पाउदी रहिनछौ। आखिर किन राख्नु पर्यो त म जस्ता साधुको कमण्डलु बन्धकी ?

बिचरा; परिचारिका एक छिन् अमुक हुन्छे। अनि भन्छे, यहाँ यस्तै हो, यो नेताहरुको ब्यबसाय मात्र हो। नत यहाको सेबा प्रति उनीहरुको बिस्वाश छ न शुधार गर्ने कुनै सोच नै छ। नेताको मात्र के कुरा, यहाका कतिपय नब धनाड्यहरु पनि यस्तै छन्। आफ्ना सन्तान डाक्टर बनाउछन तर उसले दिएको औषधि खान सक्दैनन्। बरु आफूलाई ठूलो भाग्यमानी ठान्नुस धन्न अरु धेरै उपचार गराउनु परेन। यहाँ त टाउको दुखेर आए बंगारा फुकालेर पनि पठाई दिन्छन। मान्छे मरी सके पछि पनि उपचार गर्दैछौ भन्दै आइभीका बोतल झुण्डाएर रकम अशुल्न समेत लाज मान्दैनन। दाहिने हात भाच्चिएर आउनेको देब्रे हात प्लास्टर गर्ने कुरा त सामान्य भईसक्यो। अब त बिरामी पर्दा डाक्टरकोमा भन्दा धामी-झाँक्रीकोमा जानु नै बेस हुन्छ। कमसेकम मन्तरेको बेसार पानीले ज्याननै त जान्न नि। यति मात्र हो र भनेको, धन्न नक्कली डाक्टरको फेला पर्नु भएन। मूनीले परिचारिकाको कुरो सुन्दा कतैबाट पनि आफ्नो कमण्डलु फिर्ता पाउने आशा देखेनन्। ति परिचारिकालाई कमण्डलु माग्न पठाउदा झन् बल्ल-बल्ल पाउन लागेको उनको जागिर पनि धरापमा पर्ने देखेपछि मूनी र चलाक खाली हात अस्पतालबाट फर्किए।

भारी मन लिएर रिक्सावाल र मूनी अस्पताल बाट फर्किदै थिए। एक्कासी प्रहरीको भ्यान आयो। सडकको छेउछाउमा माग्दै हिडेका सडक बालबालिका र अपाङ्ग भिखारीहरुको झुण्डलाई लछार-पछार पार्दै गाडीमा राख्यो। तर नजिकैको काब्रोको बोटनेर ठूलो-ठूलो स्वरमा कराउँदै गरेको पागललाई भने त्यही छाडिदियो। मूनी छक्क परे। अनि उनले सोधे, यो के गरेको ? चालकले भन्यो, यो संघिय नेपालको नयाँ कानून हो रे हजुर, मागेर हिड्न पईदैन रे।

यी किन माग्दै हिड्नु पर्यो, धनि र गरिब बिचको खाडल दिन प्रतिदिन किन यति फराकिलो हुदैछ, यिनको कसरी ब्यबस्थापन गर्ने तर्फ सरकारको केहि पनि सोच छैन। यस्ता मानिसहरुको लागी भनेर बनाउन लागेको आबास पनि नेताहरुले आफ्नै निवासको रुपमा प्रयोग गरे। गरिवप्रति होइन तर पागलहरूप्रति यिनीहरु उदार छन्। पागलहरुलाई यिनीहरु केहि पनि गर्देनन्, माया गर्छन। आफ्ना र नेताका आफन्त वा आफैले बलात्कार गरेर हत्या जस्तो जघन्य घटनामा मुछिए वा अपराधी पत्ता लगाउन सकियन भने यस्ता पागलहरुलाई प्रयोग गर्छन। यही हो अपराधी भन्दै पागलहरुलाई ठड्याउछन पनि। यो देशमा गरिबहरुप्रति कसैको वास्ता छैन। यस्तै हो मुनीजी खिन्न मन नगर्नुस ।

यत्तिकैमा ट्राफिकले सिठी बजाउदै रिक्सा रोक्छ, आगाडी जान दिदैन। कुरो बुज्दा अब केहि घन्टामा यहि बाटो भएर राष्ट्रपतिको १८ पाङ्ग्रे गाडिमा सबारी हुदैछ भन्ने कुरा बुझियो। एकै छिनमा सबारी साधनहरुको निकै ठूलो लाम लाग्यो। रिक्साको नजिकै एम्बुलेन्सबाट प्रशब व्यथाले ग्रस्त एक महिलाको चिच्यावट जस्तो बिरामीको आवाज आई रहेको थियो। त्यो गाडी न त आगाडी बढ्न वा पछाडी फर्केर जानसक्ने आवस्था नै थियो। त्यो पीडाले कसैको मन नै छोएको थिएन। एकछिनको मौनता पछि त्यो आवाज क्रमश सानो हुदैगयो र अन्त्यमा आवाज आउन बन्दभयो।

रिक्सावालाले रिक्साको आडामा नै रहेको बत्तिको पोलमा शिक्री लगाएर रिक्सामा चाबि लगायो। दुवैजना बिपरित दिशातर्फ लागे। शहरका यस्ता उदेक लाग्दा मानबताहिन दृश्यबाट मूनी दिक्क भए। मूनीले रिक्सावाललाई भने, पुग्यो यहाँ भन्दा अरु र केहि हेर्नु छैन। बरु म गाउँतिर जान्छु भन्दै बिदा माग्दै थिए । उसले भन्यो, गाँउ पनि यस्तै हो, जता ततै-नेतै नेता, मन्त्री नै मन्त्री, सांसद नै सांसद छन्। अब त यतिसम्म भयो कि आकाशबाट कुनै चराले बिस्टायो भने पनि कुनै न कुनै मन्त्री वा सांसदको टाउकोमा पर्ने दिन आयो। मूनीले जसरी पनि जाने निर्णय गरेपछि ऊ आफ्नो बाटो फर्कियो अनि मूनी लागे गाँउतर्फ।

जादा जादा, वल्लो गाँउबाट पल्लो गाँउ जानको लागि खोलाको पुल तर्नुपर्ने भयो। पुलको मूखमा एक चेक पोस्ट थियो। मान्छेहरु पैसा तिर्दै पुल तर्दै गर्दा रहेछन्। पैसा तिर्न नसक्नेहरु कि त खोलाबाट जानु पर्दो रहेछ कि भने एक कोष माथिको तुईनबाट ज्यानको

आश मारेर खोला तर्नुपर्दो रहेछ। मूनीले आफू पैसा नभएको फिरन्ते जोगी भएको र फर्केर आउदा म तिरुला बरु मलाई जान दिनुस भन्दै बिन्ति गरे। तर उनको कुरा कसैले सुनेनन, उल्टै पैसा तिर्न सक्ने भए पुलबाट जा नत्र खोलाबाट जा, त जोगीलाई खोलाले लागे पो के फरक पर्छर भन्दै आफ्नो कुरा सक्यो।

यसो हेरे, साउने त्यो भेल अनि पानी पार्न नहुने आफ्नो टाउकोको आलो घाउ थियो। पार लागिएला जस्तो लागेन। बैराग्गीएर नजिकैको ढुंगा माथि बसेर खोला हेरिरहे। यत्तिकैमा साँझ पर्न लाग्यो। नजिकैको भट्टी पसलबाट एकजना भलादमी जस्तो मान्छे खुट्टा टेक्नै नसक्नेगरि निस्क्यो। त्यहाँ बसेका मान्छेहरुले कुर्चीबाट उठेर नमस्ते गरे। उ वडाध्यक्ष रहेछ। मूनीले उसंग अनुरोध गरे, अन्त्यमा आफूसंग भएको बुट्टे लौरो बन्धक राखेर फर्किदा पैसा तिर्ने सर्तमा पुल तर्न दिईयो। यसरी पुल तर्न पाएका मूनी पुलको बिचमा पुगेर यता उत्ति हेर्दै थिय। आफूले बन्धक राखेको लौरो टेक्दै खुट्टा टेक्नै नसक्ने अबस्थाको वडाध्यक्ष उनकै आडाबाटै ढुन्मुनिदै बाटो लाग्यो। न त उनलाई आफ्नो लौरो माग्ने हिम्मत आयो नत केहि बोल्न नै। यसो कुना तिर तर्केर अल्लि धेरै बाटो छाडदिए।

मूनी गाँउमा पुगे, सबै बस्तुस्थिति हेरे, कानमा लगाउने गहनो बन्धक राखेर बच्चा बच्चीको जन्म दर्ता गरेको पनि देखे। नेताहरुले जुन सुकै शिर्षकमा पनि मनपरी कर उठाएको देखे। उठेको रकम बिकास निर्माण भन्दा पनि स्थानीय देखि केन्द्र सम्मका नेताहरुकै सेवा शुबिधाका लागि मात्र खर्च भएको थियो। अलि-अलि बचे-खुचेको पनि सेवा शुबिधा नै नचाहिने स्तरका भूपु नेताहरुको लागि आजिबन खर्चिएको भेटे। नेताहरुको जिबन शैली अचम्मको देखे। एक पटक वडा स्तरको नेता भएको मान्छेले समेत जिन्दगी भरि नेतागिरी गरेर खाएको गाउँ घरमा मरुपर्दा लाश उठाउने युवा भने नरहेको अवस्था देखे। उनीहरुले

विदेशबाट पठाउने रेमिट्यान्सबाट गाउँलेको छाक र नेताहरुको मोज-मस्ति चलेको पनि देखे। अब पुग्यो गाँउ-शहर सबै देखे यहाँ भन्दा धेरै हेर्नु छैन भन्दै मूनी फर्किदै थिए। होइन आयको बेलामा पशुपतिको दर्शन नगरी कसरी फर्कनु र भन्दै लागे पशुपति तर्फ। बागमतीको पानी हेरे, हातले त के काठले समेत पानी छुने हिम्मत आएन उनलाई। नजिकैको श्लेषमान्तक बनतिर हेरे। मृग मृगिणिको रुपमा शिब पार्वतीले बिहार गर्ने बनमा आहिले मृग-मृगिणिको रुपनै धारण गर्नु पर्दो रहेनछ। जता ततै शिवजीको प्रसादमा झुम्म परेका मान्छेहरुमा केहि भएपनि आफ्नै किसिमको शिव भक्ति देखे।

अन्त्यमा मूल भट्ट पुजारीलाई भेटि कसैलाई नभन्ने सर्तमा आफ्नो वास्तविक पहिचान खोले। बल्ल मन्दिर भित्र नै प्रवेश गरि पूजा आराधना गरे। यत्तिकैमा कसले नरेन्द्र मोदी जोगीको भेष धारण गरेर पशुपति मन्दिर भित्र पूजा गर्दैछन् भन्ने हल्ला गरिदिएछ। हेर्ने मान्छेहरुको भिड लाग्न थाल्यो। शुरुमा कसैले बिस्वाश गरेनन पनि। यी मोदी होइनन्, मोदी भए खोई त भारतीय कमान्डोहरु वरिपरि हुनु पर्ने हो।

जब एक योगी पशुपति मन्दिरभित्रै पसेर पूजा गरेको देखे। मान्छेहरु ससंकित बने, झट्ट हेर्दा मोदीको जस्तो कद, आधा अनुहार निधारको चोटको कारण छोपिएको थियो। महिनौ सम्म सफा पानीमा स्नान गर्न नपाएका मूनीको दार्ही जुँगा कता-कता कनक्कली जस्ता देखिन्थे। ती सबै संयोगले गर्दा मान्छेले यी मोदी नै हुन् भन्ने निस्कर्ष निकाले। यो हल्ला एक कान दुई कान हुदै प्रधानमन्त्री कार्यालय सम्म पुग्यो। केहि घण्टामै ठूलो दलबल सहित प्रधानमन्त्री पशुपति पुगे। उनलाई स्वागत गर्न नेताहरुको ठूलो लर्को नै लाग्यो। सकी नसकी सबैले हिन्दीमा आफ्नो परिचय खुलाउदै ति मूनी मोदिजिको स्वागत गरे। संसद्को दुवै सदनलाई समेत सम्बोधन गर्ने चाजो पाजो मिलाई सिधै संसद भबन लगियो।

नेपाली सांसदहरु कुकुर बिरालाको शैलीमा झगडा गर्छन। विदेशीले किनिदिएका कुर्ची माइक समेत भाचेर हानाहान गर्छन। संसद भवनमै सुर्ती खाएर त्यहीँ थुक्क थुक्छन्। कुर्चीमै बिरालो निदाए झैँ घुर्दै सुत्छन्। तर आज त्यो जमात अचम्मले शान्त र शालीन देखिन्थ्यो। मूनीलाई पहिला त आफूलाई सम्बोधन गर्न लगाएको कुराप्रति रिस नउठेको त कहाँ हो र ? तर आफूलाई सम्हाल्दै आफ्नो भनाइ राख्ने उपयुक्त समय आएको ठानी आफ्नो प्रबचन शूरु गरे।

न त म तपईहरुले ठानेको मोदि हुँ न त म हिन्दि नै बुझ्छु। न त कुनै कोलि भैया भन्दै आफ्नो परिचय गराउनेको दाई साहेब नै हुँ । उनलाई मात्र होइन खाली कागतमा हस्ताक्षर गरेर आफ्नो हस्ताक्षर कहाँ कसले कसरी प्रयोग गर्छ त्यति पनि हेक्का नहुने यो बथानका तपाइहरु कसैलाई नै चिन्छु। वास्तवमा म ने मूनि हुँ। परापूर्वकालमा यो बस्तीका सबै बासिन्दाहरुको लालन पालन रेख-देख सबै म आफैले गर्थेँ। कालान्तरमा मेरै नामसंग जोडेर यस बस्तीको नाम नेपाल रखिएछ । आज धेरै समयपछि यो मुलुकको रुपरेखा हेर्न आउदा मैले विमानस्थलदेखि देखे-भोगेका कुरा दयनिय देखिए। देशका जनता सबै विदेशीले पालिदिएको र बल्ल बल्ल हात मुख जोड्न पाएका जनताले आजिबन नेता पाल्नु पर्ने विवश मुलुकसँग मेरो नाम जोडेको पाएँ । अब मलाई यस भन्दा वढि उपहास पात्र नबनाउ । यति धेरै बहुमत भएको यस सभाबाट नेपाल नाम परिवर्तन गरी नेतापाल बनाउ। त्यसपछि सधैंलाई ढुक्क हुन्छ। यति सार्थक नामको विरुद्ध कोहि अनशन बसे भने त्यो जिम्मा मेरो भयो। ढुक्क हुदा हुन्छ, बरु मलाई मेरो बन्धक राखेको कमन्डलु पनि चाहिएन। हालसम्म मेरो नामसंग जोडेर आफ्नो मुलुकको नाम राखेकोमा धन्यवाद।

**ब्यङग्य कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङग्य काब्यकार समेत हुन, उनको 'कोइली' ब्यङ्ग्यकाब्य प्रकाशित छ)**

****लेखक/कविका अन्य रचनाहरु****

ब्यङ्ग्य कविता: चाइनिज‌ सिन्का

ब्यङ्ग्य कविता:साहसी काेइली

ब्यङ्ग्य कविता: कोदो र तोरी भाग २ “धान खेतमा कोदो”

समयकाे माग भ्यालेन्टाइनमा बिदा

ब्यङ्ग्य कविता :मन गणना

व्यङग्य कविता:भीउ टाओर कि निहुँ टाओर

नारी दिबश बिशेष ब्यङग्य कविता:बुहारी पाइने पशल

ब्यङग्य कविता:अचम्मको हल

ब्यङग्य कविता:बतासे भ्यालेन्टाइन

ब्यङग्य कविता:नाटक हेर्नी कि नाैटङ्की हेर्नि

ब्यङग्य कविता:भद्र गाेल

ब्यङग्य कविता:भाले मेवा

ब्यङग्य कविता:काेइली तिहार

ब्यङग्य कविता:बली प्रथा; धर्म यस्ताे भए पाप कस्ताे

ब्यङग्य कविता:रेल कि झेल

ब्यङ्ग्य कविता:माननिय कि ताननिय

ब्यङग्य कविता:सर्पलाइ अर्व

ब्यङग्य कविता:नाता तन्त्र

ब्यङ्गय कविता- नमिलेकाे हल

ब्यङग्य कविता:भैँसीगाेठे क्वारेण्टीन

ब्यङ्ग्य कविता:काेदाे र ताेरी भाँडा भरि-भाग १

ब्यङ्ग्य कविता:भ्रुण हत्या

ब्यङ्ग्य कविता:दाेषी तुलाे

कविता:मेराे प्याराे बाग्लुङ्गकाे पहिचान

ब्यङ्ग्य कविता:न जिबनकाे मुल्य न उखुकाे, नुनिलाे चिनी

ब्यङ्ग्य कविता:मालाले ज्यान खाला, थोरै माला लाए भने हेप्नी भन्छन भनि

नारी अस्त्र ब्रह्मास्त्र ब्यङ्ग्य कविता

ब्यङ्ग्य कविता:गिद्ध बाबा

दुष्ट छिमेकी

पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन

डाेजर काण्ड-अर्जुन राज पन्त

ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?

अमेरिकाबाट पन्तले उडाएको कोइली नेपाल पुग्दा पहिलो व्यंग्य काब्य बन्यो

ब्यङ्ग्य कविता:कोइली तिहार

ब्यङ्ग्य कवि पन्तको शर्म निरपेक्ष राज्य

ब्यङ्ग्य कविता:एप्पल माला

व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै

व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि

कृषि प्रधान शरिर

पिर्के सलाम

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

ब्याङग्य कविता:पद एक तलब अनेक

व्यंग्य कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

व्यंग्य कविता:दुइ पाइलटी जहाज

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

कुकुर काण्ड

संघिय जहानियाँ गालातन्त्र

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

घर फोर्नु कुखुरा नचोर्नु

सिंह दरवार फेरियो मुहार

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

गुहार बामदेव गुहार