Arjun Raj Panta

सिंह दरवार फेरियो मुहार ?

Hollywood Khabar December 22,2018 Comments

अर्जुन राज पन्त
मुहार फेर्ने मन्त्री अनि तिम्रो मन्त्री मण्डल
भएकोलाइ छैन भन्छौ साधु हौ कि चण्डाल ?

जाबो त्यति तेलमा पनि तिम्रो गिद्दे मति
ठूला शिर्षक भेटेकोमा खायौ होला कति

नारायणीमा ठेल्छु भन्थेउ डिभि पीआर वाला
मकै देखाई काजु खाने कस्तो तिम्रो चाला

संबिधानमै नभएको दियौ संज्ञा भूपू
सोझा साझा झुक्याएर लुट्दा रैछौ आफू

दुई चार जना फटाहा सङ्ग हाेला सायद रिसाई
सबैलाई गाली गरेउ यस्ता शव्द मिसाई

तिम्लाई पनि ठेल्नुपर्ने भन्छन अब होला
नारायणी त के पाउला खै हनुमन्ते खोला

पवित्र छिन गंगा नदी तिम्लाई अब लिन्निन
यस्ता ढोंगी चरित्रलाई छेउमै पर्न दिन्निन

साइकलमा हिड्ने तिमी पजेरोमा आज
बिगतका तस्विर देख्दा नलागोस है लाज

मुहार नै फेर्छु भनी कसम खायो जसले
तिम्रो पनि निरन्तरता गर्छ अब कसले ?

चुनाब लड्ने खर्च समेत माग्दै हिड्यौ पहिले
अजंगको ब्याङ्क खाता जम्मा भयो कहिले ?

मगन्ते त्यो बानी तिम्रो सम्पति चाहिं यत्रो
यति मात्रै हैन होला लुकाका छौ कत्रो ?

आश गरेका तिमी मन्त्री आज यस्तो पारा
जोगी सबै कानचिरेका भन्न लागे सारा

साह्रै गर्यौ निमुखाको समेत लियौ चन्दा
उनकै पेटमा लात हान्दै ऐले यस्तो धन्दा

सबै पछि लागे तिम्रा शुसाशनको आशले
नपोलोस है तिम्लाई अब गरिवका गासले

गरीबलाई लात मार्दै माफीयालाई इष्ट
कम्यूनिष्टको खोल ओडी धन्दा कमाउ निष्ट

लिएकाथ्यौ जसको पैसा फिर्ता गर सब
ब्याज माथि बक्सिस थपि तिनलाई देउ अब

सरकारले पाको छ रे शुसाशनको तक्मा
कस्तो कारवाही होला बरै यी मन्त्रीका हकमा

इतिहासमै पहिलो पल्ट दुइ तिहाइको साथ
भ्रष्टाचारी कारवाही गर्दा नकापोस है हात

शुसाशनको तिम्रो नारा भए तिम्रो आँट
सुरु गर कार्वाही अब सिंह दरवारबाट

सदनको ब्यबहारले कस्तो नजिर आयो
पक्रिएमा फिर्ता गर्यो अनि माफी पायो

****लेखक/कविका अन्य रचनाहरु****

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ
https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान
https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त
https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र
https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार
https://hollywoodkhabar.com/guhar-bamdeb-panta