Hollywoodkhabar advertisement

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

Arjun Raj Panta
0
shares

अर्जुन राज पन्त

महंगीले ढाड सेकेर उठनै नसक्ने बनाएको बेला एका बिहानै कसैले ढोकाको घन्टी बजायो। ढोका खोली हेर्दा पार्सलको पोको लिएर हुलाकी आएको रहेछ। पार्सल बुझेर पोको खोलेर हेरे। पोको भित्र राता-राता फलेका (बोक्रा खोल्छाएको) गहुँका दाना जस्तो मोटो-मोटो चामल पो रहेछ। एकछिन त दङ्ग परे, कसले पठायो भनेर नाम हेरे, एकजना पुरानो चिन जानका मित्रले जुम्ला देखि पठाएका रहेछन।

जे भए पनि कोदोको पिठोले पालो पाउने भयो आज भन्दै दङ्ग भए, श्रीमतीलाई लौ आज यो चामलकै भात पकाउ भन्दै बोलाए। उनले जवाफ दिइनन, फोन हेर्नमा ब्यस्त उनी नबोलेपछि उनकै नजिक पुगें र उनको अगाडी चामलको पोको राख्दै भने- लौ आज भात खाएर मुख फेर्नुपर्छ, यसको भात पकाउ। म एकछिन बजार गएर आउछु भन्दै निस्के। मन मनमा पुरानो मित्र प्रति कृतज्ञता दिदै बाहिर निस्किनको लागि दैलोमा मात्र के पुगेको थिए, एक्कासी श्रीमतीको आवाजले मलाइ स्तब्ध बनायो।

उनी भन्दै थिईन, कहाँबाट आयो यो खानै नहुने चामल ? यो त मार्शी चामल हो। मार्शी चामलको भात त खान हुन्न, पच्दैन। म खंगरङ्ग भएँ। के हो यो बिष नै हो र खान नहुने ? ल सुंघेर हेर, यी भर्खर ढिकीमा कुटेको चामल जस्तो छ भन्दै उनका नाक तिर एक पसर चामल के लागेको थिए उनले मेरो हात झड़कार्दै मोबाइलमा ठूलो लफडाको महात्म्य नै देखाइन।

मेरो मन खिन्न भयो। केहि सोच्नै सकिन, चामल पठाउने मित्रलाई फोन गर्न मन लाग्यो। फोन गरे, घन्टी गयो तर फोन उठेन। फेरि फोन गरे, कतै ब्यस्त रहेछन क्यारे एक वाक्यमा भने पचाउन सके खाउ तर यो मार्शी चामलको भात त चरेसको थालमा खानुपर्छ। म झसङ्ग भए, यो कस्तो खालको चामल हो त ? के यो खानै नहुने चामल त हैन होला ? बेस्करी पकाएर थोरै खाए कसो नापच्ला त ?

आजीबन कोदोको पिठोसंग भिडेको यो इन्जिन पनि बलियै त छ नि, त्यही पनि एक पटक डाक्टरलाई सोध्नुपर्यो के भन्दा रहेछन भन्दै फोन गरे। कस्तो खालको अघोरी डाक्टर परेछ कुन्नि, सितैम पाएको हो भने जति हसुरे नि हुन्छ हसुर। पखला लागे यहाँ आउनु तँलाई यसो मिलाएर उपचार गर्दिउला भन्दै ठेगाना पो टिपायो।

उसको कुरामा बिश्वास नै लागेन। अर्को डाक्टरलाई फोन गर्नुपर्यो भन्दै फोनको घण्टी बजाएँ। कहाँको खेलो हराएको पिएचडी वाला डाक्टर पो परेछ। अर्काको कुरै नसुन्ने, बोल्ने मान्छे नि कहिल्यै नभेटे जसरी अनेक थरि दर्शन पो सुनायो। “भन्ने हाम्लाई लाइ राछ” भन्ने बाक्य सिबाय केहि बुझिन, फोन नै राख्दिए।

मनमनै कस्ता-कस्ता मान्छे नि डाक्टर हुँदा रहेछन, यी बिरामी पनि नजाच्ने मान्छेलाई किन डाक्टर भन्नु परेको होला। यसो मिलाएर अरु नै केहि भने हुने नि बरु। फोक्कडमा फोनको मिनेट मात्रै सक्दियो भन्दै मनमनै खिन्न भएँ।

दुनिया भरका च्याउ उम्रे सरी डाक्टर छन्, एक न एक त कसरी नभेटुला र भन्दै फेरी अर्को डाक्टरलाई फोन गरे। हामी आन्दोलनमा छौ, मान्छे मर्न लागे त हामीलाई मतलब छैन फोनबाट जाबो यस्ता चामलका कुरा शोध्ने भन्दै झर्कियो। कता-कता अनपढ गाउले हो यसलाई ठग्न पाइन्छ कि कतै भन्ने आश लागेछ क्यारे कि कुन्नि त्यहि पनि क्लिनिकमा आउने भए भन्छु भन्यो। अनि लागियो उसैका क्लिनिक तिर।

क्लिनिकको नाममा कुखुरा फर्मको शैलीमा पुरै अस्पताल नै चलाएको रहेछ। मैले मेरो जिज्ञासा राखे- उ दङ्ग पर्यो। एक छिन मेरो अनुहारमा घोरिएर हेर्यो। के सोचे छ कुन्नि अनि भन्यो -यो चामल खादै नखानुस, पच्दैन, कत्रा-कत्रा हजारौ हजार मान्छे पचाउने, हुदै नभएको मान्छेको लगत खडा गरेर उनको भत्ता समेत पचाउने, हात हतियार, ब्यांक भरिका पैसा पचाउने, विदेशबाट मगाएर एक बोतलकै हजारौ पैसा पर्ने पानी पिउने, पातलो सिगान आए बिदेशी अस्पतालमा पुग्ने मानिसले त यो चामल पचाउन नसकेर बेहाल भएका छन्। हजुर जस्तो सामान्य मानिसले यो चामल खादै नखानुस भन्यो।

कसरी फाल्नु त यो पोको भरिको चामल ? परापूर्ब काल देखि पुर्खाले समेत खादै आएकै हुन्। यस्तो त हुनु नपर्ने हो अब कसलाई सोध्ने हो त भन्दै सोच्दै थिए। झल्यास्स सम्झिएँ, म पनि कस्तो उल्लु, चामलको भातै नखाने देशको गाई खाने विद्या पढेका यी डाक्टरलाई भन्दा त यस्ता कुरा बैद्यलाई पो थाहा हुन्छ त।

अनि लागे उनकै घरतिर। घर पुगे बन्द रहेछ, फोन गरे उठेन, यो नम्बर उपलब्ध छैन भन्यो। वरिपरि हेरे, छर छिमेकमा कुरो बुझ्दा बैद्यका झिटी झाम्टा धन-माल लिएर उनका सबै कारिन्दाहरु भागी सकेका रहेछन। अनि ति बैद्य बुढाको फोन समेत लगेका रे। खोजेरनी भेटिन्नन रे अनि भेटे पनि काम नै छैन भने।

भारी मन लिएर आफ्नो कर्मलाई दोष दिदै घर फर्किदै थिए। ज्योतिषले तँलाई यो साल शनि-शंकटाका दशा छन्, मुखमा हाल्नको लागि आँ गरेको गास पनि हावाले उडाएर लान्छ भनेको कुरा झलझल सम्झे। हो कि जस्तो पनि लाग्यो। आखिर के हो त यो चामल ? यी त्रिकालदर्शी बाजेलाई थाहा नभएको कुरो नै पो के होला र आखिर भन्दै लागे उनै त्रिकालदर्शीका घर तिर।

बाबाकोमा हेराउने मान्छेको भिंड रहेछ। धेरै बेर कुरेपछि बल्ल बल्ल मेरो पालो आयो। बाबाले भने- तलाई यो साल साढेसाती शनिको दशा छ, अनाहकमा दोष लाग्न सक्छ। त्यहाँ माथि यो साल मलमासमा लागेको चन्द्र ग्रहणको प्रभाबले अनाजमा ठूलो दोष पर्ने योग छ। यो प्रभाब पालै-पालो हरेक अनाजमा पर्दै जाँदा यो साल मार्शी धानमा पर्यो।

मार्शी चामलको भात सेवन गरेमा अनाहकमा दोष लाग्न सक्छ। यो मार्शी चामलको भात सेवन नगरेस बाबु। यो मार्शी चामल एकादशीको दिन गंगामा लगेर उत्तरको हिमाल पारिका लालदेबलाइ सम्झेर बिसर्जन गर्दिनु। त्यसको ठिक १३ दिन पछि काँधमा जनै अपसभ्य गरेर दक्षिण दिशातिर फर्केर देवादिदेव नरेन्द्रदेबलाइ सम्झेर स्वस्ति: गर्नु।

भोको पेटले कसरी हाल्नु त यत्रो चामल गंगामा ? आखिर भोक ठूलो कि दोष ? हैन म त यसको भात पकाएर खान्छु, जे पर्ला-पर्ला भन्दै सके जति आत्मबल बढाउदै घर फर्किदै थिए। तर दिमागको कुनाबाट त्यो डर र शंका हटिसकेको थिएन। जहाँबाट पनि चित्त बुझ्दो र आफू अनुकुलको जबाफ पाउन नसकेको म आफैमा कता-कता हराएको हु कि जस्तो नि लाग्यो। नजिकैको धारोमा मुख धुदै सबै शिर भिजाए। बल्ल अलिकति मन हल्का भएको महसुश भयो। जहाँ इच्छा त्यहाँ उपाय भन्दै बाटो लाग्दै थिए। मनमा गज्जबको उपाय पो आयो। एकछिन आफैमा दङ्ग परे। म पनि कस्तो मान्छे, नजिकको तिर्थ हेला भन्थे हो रहेछ।

घर नजिकै त्यत्रा झाक्रीबा हुदा-हुँदै कहाँ-कहाँ भौतारिए। हरेक अनुष्ठान टपरीमा चामल नराखी केहि पनि नगर्ने छन् उनि त झन्। चामलका गेडा छोएर रोग नै पत्ता लगाउने र चामलले नै हानेर रोग निको पार्ने असली अदभूतका चामल बिशेषज्ञ त यी पो हुन् त ! यिनले यो चामल हेरेर त के आँखा बन्द गरेर सुघेर नै पत्ता लगाई दिन्छन होला भन्दै लागे उतैतिर ।

यसो घर अगाडिबाट हेरे, दिउसो ढोकामा भित्रबाट चुक्कुल लगाएको रहेछ। फेरी एक्लै बस्ने बुढाको दैलो बाहिर महिलाले जगाउने जस्ता चप्पल पनि छन। झाक्री बा झाक्री बा भनेर बोलाए, सुन्दैनन्। ढोका ढक-ढक गरे, खोलेनन्। भित्र कता कता गुन-गुन गरेको जस्तो आवाज आउछ। फेरी जान्छु अब पछाडिको झ्यालबाट चियाएर हेर्छु भन्दै यसो करेसा तिर लाग्दै थिए। कहाँबाट कबड्डी कबड्डी सिनेमामा निसन्तान दम्पतिको उपचार गरेको झाक्रीबाको कर्तुत र खीर काण्ड सम्झे, हिम्मत नै आएन।

यो चामल खान मेरो कर्ममा नै लेखेको रहेनछ। देउताले दिएको पितृले हरेको भन्ने उखान सम्झिदै एक तमासले घर फर्किदै थिए। बाटोमा चिप्लिएर नराम्री लडेछु, टाउकोमा चोट लागेर बेहोस भएको रहेछु। देखाउन ल्याएको सबै मार्शी चामल पोखिएछ। त्यही बाटो भएर मार्शी चामल; मार्शी चामल भन्दै प्रधानमन्त्रीको राजीनामा माग्नेको हुल आउँदै रहेछन। मार्शी चामल हातमा लिएर मलाइ लडेर बेहोस भएको देखेपछि उनीहरुले पानी छम्केर होसमा ल्याएका रहेछन।

होसमा आउना साथ्, तँसंग यस्तो मार्शी चामल छ, यो चामल त आन्दोलन गर्न पो चाहिन्छ। तँ त हाम्रो आन्दोलनमा छैनस, किन बोकेको यो मार्शी चामल भनेर सोधे। तँ सँग अरु पनि यस्तो चामल छ भने ले आन्दोलन गर्न चाहिन्छ। पूजा गर्दा मात्र चामल चाहिन्छ भन्ने सुनेको मैले आन्दोलन गर्दा पनि चामल चाहिन्छ भनेको सुन्दा छक्क परे।

मैले लामो हाई काडे, कता-कता कानबाट हावा छिरे जस्तो अनुभब भयो। अलिकति हलुङ्गो महसुश गरे। आफूलाई बल्ल होश पसे जस्तो अनुभब भयो। धत म पनि कस्तो उल्लू रहेछु। बिचरा मार्शी चामलको के दोष, पच्न नसकेको त मार्शी प्रबृती पो हो त !!!!

****लेखक/कविका अन्य रचनाहरु****

संघिय जहानियाँ गालातन्त्र

https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

https://hollywoodkhabar.com/durbal-bakhri-secrefice

घर फोर्नु कुखुरा नचोर्नु

https://hollywoodkhabar.com/ghar-kukhura-panta

सिंह दरवार फेरियो मुहार ?

https://hollywoodkhabar.com/sinha-darwara-panta

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार

https://hollywoodkhabar.com/guhar-bamdeb-pant