Arjun Raj Panta

फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

Hollywood Khabar December 15,2018 Comments

अर्जुन राज पन्त
फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा
घर हुनेले लिए अरे छैन भन्दै भाडा

मुलुकैलाई हाक्ने गरि कानून बन्छ जहाँ
त्यहि थलोमा बोलेको झुट सच्याउने हो कहाँ

यस्ता ठाउमा झूठो बोल्दा कस्तो नजिर जाला
तिम्लाई खाए केहिनीथेन व्यवस्था नै खाला

भएकालाई छैन भनि झुटो बोलेउ जसले
हेर अब तिम्रा घरमा रजाई गर्छ कसले

सुन्थे दलित सांसदले पाएनन रे कोठा
लिई बस यिनकै घर अब एक एक वटा

कहिले काही त यस्तरिनि आउदो रैछ निकास
नपर्ने भो बनाउनलाई सांसदको आबास

गगनचुम्बी बंगलामा होलान कति कोठा
पुग्छ होला सबैलाई दिए दुइ-चार वटा

खाली गर्देउ छिट्टै अब अन्त कतै सर
होलान अझै कतै खाली ठेकेदारका घर

यो पार्टीका त्यो पार्टीका कस्लाई पो नै गनम
शभामुखनी उस्तै कठै अरुलाई के भनम

आश गरेका युवा नेता कठै तिम्रो मति
यस्तो पनि छोड्ने हैनौ भेटे खाउला कति

रैथाने र उधोगपति सम्पति नि अति
भेटे जति हसुर्ने यो कस्तो खालको मति

तिम्ले बुझछेउ घर भाडा लोग्ने मन्त्री निबास
त्यति राम्रो दाम्पत्य थ्यो कहिले भयो बिनास

सदनलाई भने समेत भेडीगोठे थलो
अरुकोत कुरै छोडौ पिरेम समेत चलो

सदनमा जादा लगेउ खुर्सानीका पोका
जे भएनी बुढो पोईलाई नदेउ बरै धोका

कुन मुखले जाउला फेरि मेरै घर हो भन्न
जनताले थाले अब तिम्रा दिन गन्न

लोभी पापी भ्रष्टाचारी फेला परेउ अब
जनताले कब्जा गरुन तिम्रा घर सब

****लेखक/कविका अन्य रचनाहरु****
नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ
https://hollywoodkhabar.com/naya-yug-panta

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान
https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त
https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र
https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार
https://hollywoodkhabar.com/guhar-bamdeb-panta