Arjun Raj Panta

संघिय जहानियाँ गालातन्त्र

Hollywood Khabar January 25,2019 Comments

अर्जुन राज पन्त
भुरे नेता थान्को लाउन ल्याको संघियता
थेग्नै गारो मुस्किल पार्यो भयो रमिता

सुरुवातै लाज मर्दो बेथिति नै सारा
थेग्ला जस्तो देखिएन छैन टिक्ने पारा

ढाँट्ने लुट्ने कुट्ने भन्दा छैन अर्को धन्दा
भन्न थाले अर्कै राम्रो यस्तो शासन भन्दा

केन्द्र सरकार टुक्का हान्छ प्रदेश सरकार मुक्का
आसे पासे बन्नु बने सोझा साझा भुक्का

जहानियाँ शासन सत्ता ढल्यो भन्थे पहिले
केन्द्र देखि प्रदेशसम्म फेरि आ छ ऐले

नाता गोता आफन्तलाई राजदूत र पिए
खान मिल्ने सबै पद उनैलाई दिए

माननीय र मन्त्री तिमी पिएमा छन उनी
सबै जाँदा जागिर खान कुकुर एक्लै हुनी

नपार भो घरको कुकुर एक्लै बसी रुनी
एका घरका सबै तिमी संगैसंगै हुनी

तिम्ले खान मिल्दो रैछ मिलाएर सब
उसलाई पनि भर्ना गर द्वारपालेमा अब

परिवारकै झुण्ड बनाइ बसेका छौ लुट्न
आफ्ना कुरा नमान्नेलाइ अफिसैमा कुट्न

सचिवैलाइ हान्छौ थप्पड खप्पर फुट्ने गरी
कसको हिम्मत पर्न अब तिम्रा वरिपरी

टायर पड्के सरि पर्ड्के सचिवका गाला
मन्त्री हौ की टोली गुण्डा कस्तो तिम्रो चाला

आफ्नो स्वार्थ नमिले यी मर्ने गरि कुट्छौ
मिलेमा ति तिम्रा स्वार्थ बाडीचुडी लुट्छौ

आफू भन्दा ठूला सामु पेश भएर जाँदा
तिम्लाई पनि कस्तो होला यस्तै कुटाइ खाँदा

मान्छे नै हुन् के गर्लान र भने जस्तो गरी
एक्लै दुग्लै के जानु खै यिनका वरिपरी

बाध्यताले पारे पछि लाजै पो के भोर
केन्द्रसँग माग अब मन्त्री थुन्ने खोर

मान्छे कुट्ने यस्तो मन्त्री खोरमा राख्नु पर्ला
चोके काठले फाइल छिराउ उसले साइन गर्ला

****लेखक/कविका अन्य रचनाहरु****

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

https://hollywoodkhabar.com/durbal-bakhri-secrefice

घर फोर्नु कुखुरा नचोर्नु

https://hollywoodkhabar.com/ghar-kukhura-panta

सिंह दरवार फेरियो मुहार ?

https://hollywoodkhabar.com/sinha-darwara-panta

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार

https://hollywoodkhabar.com/guhar-bamdeb-panta