-Arjun Raj Pant

नारी अस्त्र ब्रह्मास्त्र ब्यङ्ग्य कविता

Hollywood Khabar December 10,2019 Comments

-अर्जुन राज पन्त, अमेरिका डिसेम्बर ११, २०१९

देवी स्वरुप नारी जाति सम्मान गर्छु मैले
अधिकारकाे दुरुपयाेग याे बन्द हुने कहिँले?

आएकाे पाे हाे कि कतै त्यस्तै खाले सँस्कार
कुरा मिले माया प्यार नत्र बलत्कार !

प्राकृतिले दिएका ति आमा बन्ने अङ्ग
हतियार पाे भए कि खै आज तिमि सङ्ग!

अधिकार पाे धेरै भाे कि सिमा भन्दा पनि
बिचित्रका घटना आउछन् आज कान्ड बनि !

बर्षाै देखि सङ्गै बसे के के गरे गरे
अहिले आएर खट पट परे बल्तकार भाे अरे

माया प्रेम नि अचम्मै छ खिच्याे मेबाइल भित्र
खटपट परे मिडियामा सम्बाद सहित चित्र!

बर्षाै देखि बलत्कार रे बाेलिनाै नि किन ?
आज आएर बिमति भाे गयाे उजुर दिन !

सन्सारमा धेरै थरि थिए अस्त्र शस्त्र
त्यहि माथि थपियाे यि आज नारि अस्त्र

हतियार नि डरै लाग्दाे महाशक्तिशाली
जतिसुकै पड्के पनि हुदैन त्याे खाली!

हाने पछि हतियार त्याे जब काेहि तिर
एकै चाेटमा भुइँमा ढल्छ मै हु भन्ने बीर!

न त पर्छ राेक कहिल्यै न सकिन्छ गाेली
थपे मात्र पुग्छ त्यँहा माेहनी त्याे बाेलि

मै हुँ भन्ने याेद्धा देखि ऋषि मुनी सब
यस्ता खालका हतियारकाे फेला पर्छन जब

उसकाे अस्त्र उसकाे शास्त्र काम लाग्दैन केहि
एकै छिनमा लल्याक लुलुक ढल्छ पनि त्यँहि

ब्रह्माजिले राख्या थिए रे पहिला अाफू सङ्ग
त्यहिँ अस्त्रले गर्थे अरे तपस्या नि भङ्ग

जब गरे मानब श्रृष्टि बनाइ नर नारी
उस्तै उस्तै पारि दुबै थाेरै फरक पारि

पुरुष भन्दा ति नारीलाइ अल्लि कमजाेर ठानि
दिएकि पाे यस्ताे अस्त्र लैजाउ भन्दै नानी!

(ब्यङ्ग्य कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य काेइलीका लेखक समेत हुन)

****लेखक/कविका अन्य रचनाहरु****

ब्यङ्ग्य कविता:गिद्ध बाबा

दुष्ट छिमेकी

पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन

डाेजर काण्ड-अर्जुन राज पन्त

अमेरिकाबाट पन्तले उडाएको कोइली नेपाल पुग्दा पहिलो व्यंग्य काब्य बन्यो

ब्यङ्ग्य कविता:कोइली तिहार

ब्यङ्ग्य कवि पन्तको शर्म निरपेक्ष राज्य

ब्यङ्ग्य कविता:एप्पल माला

व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै

व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि

कृषि प्रधान शरिर

पिर्के सलाम

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

ब्याङग्य कविता:पद एक तलब अनेक

व्यंग्य कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

व्यंग्य कविता:दुइ पाइलटी जहाज

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

व्यंग्य कविता:दुइ पाइलटी जहाज

कुकुर काण्ड

संघिय जहानियाँ गालातन्त्र

सिंह दरवार फेरियो मुहार ?

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

https://hollywoodkhabar.com/guhar-bamdeb-pant