-Arjun Raj Panta

ब्यङ्ग्य कविता:साहसी काेइली

Hollywood Khabar August 01,2022 Comments

-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, अगष्ट १, २०१९

 

एउटा पक्ष दिनमा आउथ्यो रातमा आउथ्यो अर्को

को लुकाछस तैँले भन्दै लिन्थ्यो तलास घरको

 

नानाथरि सोध्थे प्रश्न माग्थे खान बस्न

विदा भै जान्थ्यो एउटा अर्को आउथ्यो डस्न

 

कुटि कुटि सोध्थे भनि किन राखिस तैँले?

को को मान्छे हुन तिनी कहाँ गए ऐले?

 

छँदा छँदै तीनको मुख कुरा गर्थे हातले

आँगनीमा घोप्टो पारि करङ गन्थे लातले

 

अनुत्तरित हुन्थे तीनका सबै जसो प्रश्न

के साइनोले दिइस भन्थे तैँले खान बस्न

 

एउटा आउथ्यो लिन्थ्यो चन्दा दिन्थ्यो रसिद पनि

लुकाएरै राख्न पर्ने पछि चाहिन्छ भनि

 

अर्को आई लिन्थ्यो तलास भेट्न भनि केही

सम्योगले भेटे रसिद धुलाई हुनथ्यो त्यँहि

 

महिना मरे अर्को आउथ्यो चन्दा लेखाउनलाई

जोगाएरै राख्न पर्ने तीनलाइ देखाउनलाई

 

नराखेमा त्यस्ता रसिद फेरि तिर चन्दा

भेटिएमा त्यस्ता रसिद करङ गन्ने धन्दा

 

कँहिले काँहि त आउथे पनि बस्त्र समेत साटि

एउटा पक्ष अर्को बनि झुक्काउनलाइ ढाँटि

 

कसको हिम्मत सोध्न तीनलाइ त्यहाँ को हौ भनि

शुरु हुन्थ्यो भाटे परेड मांश गनि-गनि

 

के भन्दामा ठीक हुने हो ठ्याक्कै को हुन तिनी

उल्टो पाल्टो पर्न गए ज्यानै समेत लिनी

 

गाँउबासीको के को हिम्मत साेध्न ' को हो 'भनि

कहिलेकाहीँ त आउथे पनि नक्कली नि बनि

 

जब आउथे त्यस्ता खालका यो गाउँमा बस्न

तँ कोइलीले सोधिस कि नाइ ' को हो 'भनि प्रश्न?

 

डराएर चुप लाग्थिस कि सोध्थिस प्रश्न पनि

तीनलाइ समेत यँही प्रश्न कोहो कोहो भनि?

 

यस्तो प्रश्न सोध्दा खेरि रुखैबाट तैँले

मार्छु भनि तँलाई गोली हाने कि नाइ कहिले?

 

ठूलै लाग्थ्यो तँ काेइली नि मान्छे भन्दा बरु

गाउँले भन्दा माथि भै सोध्थिस तीन्लाइ अरु

 

(यो कविताङ्स नेपाली साहित्यको पहिलो ब्यङ्ग्यकाब्य' कोइली' को चतुर्थ खण्ड बाट लिइएको हो)

**ब्यङग्य कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङग्य काब्यकार समेत हुन, उनको 'कोइली' ब्यङ्ग्यकाब्य प्रकाशित छ)**

****लेखक/कविका अन्य रचनाहरु****

ब्यङ्ग्य कविता: कोदो र तोरी भाग २ “धान खेतमा कोदो”

समयकाे माग भ्यालेन्टाइनमा बिदा

ब्यङ्ग्य कविता :मन गणना

व्यङग्य कविता:भीउ टाओर कि निहुँ टाओर

नारी दिबश बिशेष ब्यङग्य कविता:बुहारी पाइने पशल

ब्यङग्य कविता:अचम्मको हल

ब्यङग्य कविता:बतासे भ्यालेन्टाइन

ब्यङग्य कविता:नाटक हेर्नी कि नाैटङ्की हेर्नि

ब्यङग्य कविता:भद्र गाेल

ब्यङग्य कविता:भाले मेवा

ब्यङग्य कविता:काेइली तिहार

ब्यङग्य कविता:बली प्रथा; धर्म यस्ताे भए पाप कस्ताे

ब्यङग्य कविता:रेल कि झेल

ब्यङ्ग्य कविता:माननिय कि ताननिय

ब्यङग्य कविता:सर्पलाइ अर्व

ब्यङग्य कविता:नाता तन्त्र

ब्यङ्गय कविता- नमिलेकाे हल

ब्यङग्य कविता:भैँसीगाेठे क्वारेण्टीन

ब्यङ्ग्य कविता:काेदाे र ताेरी भाँडा भरि-भाग १

ब्यङ्ग्य कविता:भ्रुण हत्या

ब्यङ्ग्य कविता:दाेषी तुलाे

कविता:मेराे प्याराे बाग्लुङ्गकाे पहिचान

ब्यङ्ग्य कविता:न जिबनकाे मुल्य न उखुकाे, नुनिलाे चिनी

ब्यङ्ग्य कविता:मालाले ज्यान खाला, थोरै माला लाए भने हेप्नी भन्छन भनि

नारी अस्त्र ब्रह्मास्त्र ब्यङ्ग्य कविता

ब्यङ्ग्य कविता:गिद्ध बाबा

दुष्ट छिमेकी

पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन

डाेजर काण्ड-अर्जुन राज पन्त

ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?

अमेरिकाबाट पन्तले उडाएको कोइली नेपाल पुग्दा पहिलो व्यंग्य काब्य बन्यो

ब्यङ्ग्य कविता:कोइली तिहार

ब्यङ्ग्य कवि पन्तको शर्म निरपेक्ष राज्य

ब्यङ्ग्य कविता:एप्पल माला

व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै

व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि

कृषि प्रधान शरिर

पिर्के सलाम

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

ब्याङग्य कविता:पद एक तलब अनेक

व्यंग्य कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

व्यंग्य कविता:दुइ पाइलटी जहाज

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

कुकुर काण्ड

संघिय जहानियाँ गालातन्त्र

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

घर फोर्नु कुखुरा नचोर्नु

सिंह दरवार फेरियो मुहार

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

गुहार बामदेव गुहार