Headlines

नेपालका गृहमन्त्रीको हप्ता उठाउने कुरा मिलाउने बिचौलीया पक्राउ

प्रजातन्त्रको खिलाफमा संसदका दुइ ठुला दलले बनाएको नेपालको अप्रजान्त्रिक सरकारका गृहमन्त्री रमेश लेखकका हप्ता उठाउने र कुरा मिलाउने बिचौलिया पक्राउ परेका छन्। 

गृहमन्त्री लेखकका निकतम मानिने एकजनाले केहि महिना पहिला भनेका थिए- निर्वाचन जित्ने बितिक्कै मन्त्री लेखकका पिताले चुनावमा थुप्रै करोड खर्च भयो त्यो नउठाएसम्म घर नआउनु भन्ने आदेश दिएका थिए। त्यसपछि लेखक मन्त्रीहुनको लागि कांग्रेस सभापति देउबाको अर्दली गर्न थाले र मन्त्री पनि बने। 

मन्त्री बने बितिक्कै प्रतिसोधको राजनीतिमा रवि लामिछाने र मेयर बलेन शाह, दुर्गा प्रसाई लगायत माथि खनिएका गृहमन्त्री लेखकको हैसियत भनेको बलिको बोका मात्र सावित हुने भएको छ। सरकार छोडेका दिन उनि एक अफाफल गृहमन्त्री र दुनियाँका दुश्मन हुने पक्का भएको छ। 

यसै क्रममा उनले आफ्नो बिचौलिया लगाएर हप्ता उठाउने र कुरा मिलाउन लगाएको व्यक्तिले गिरफ्तार भएको छ। आफू फस्ने भएपछि करनसिंह विष्ट नामका ती बिचौलीयालाइ ठगीको आरोपमा गिरफ्तार गर्न लगाईयो। करनसिंह विष्टलाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धानले काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको कुरा प्रहरीले पुष्टि गरेको छ। 

नेपाल प्रहरीका एक एसपीका अनुसार गृहमन्त्री र बिष्टबिचको सम्पर्क हिस्ट्रीको अनुसन्धान गर्ने हो भने प्रहरीलाइ ३/५ घण्टा मात्र समय लाग्ने बताए। 

बैतडीका २६ बर्षीय करनसिंह विष्ट रमेशमन्त्री लेखकका नजिकका र चिन-जानका व्यक्ति नै हुन्। उनले यस पहिला पनि करनसिंह विष्टबाट धेरै काम गराएका र गरेका छन्। फरक यत्ति हो कि अब उनले करनसिंह विष्टलाइ चिन्दैनन। 

करनसिंह विष्टले आफूलाइ गृहमन्त्रीले नै लगाएको, आफूसंग प्रमाण भएको दावी गरेपछि गृहमन्त्रीले हिसाब मिलान गरेर केहि दिन हिरासतमा राख्ने प्रपन्च मिलाएका छन्। गृहमन्त्री लेखक खराव छन् भन्ने त सारा नेपालीलाइ थाहा नै छ।