नेपालको अर्को पटक प्रधानमन्त्री देउबा की डा. देउबा ?

Spread the love

कृष्ण के सी, अमेइका, जुलाई १४, २०२४ 

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउन नेपालको संसदलाइ आब्हान गरे। 

यस पहिला सोहि अनुसार हुन-गराउन संसदमा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र दोश्रो ठुलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले राष्ट्रपति पौडेलसंग दर्शनभेट गरेर मौखिक बिन्ति बिसाएका थिए। यसलाई प्रजातान्तिक देशमा ब्रिफिङ्ग भनिन्छ तर नेपालमा बिन्ति बिसाउने चलन छ।

२०८१ को १७ असारमा भनिएको दुइ ठुला पार्टीहरुको संझौता अनुसार एमाले अध्यक्ष ओली यहि आइतबार प्रधानमन्त्री नियुक्त भएका छन्। उनले २ वर्ष गठबन्धन सरकारको नेतृत्व गर्नेछन्। त्यसपछि बच्ने १७ महिना जति २०८४ को चुनावसम्म चाहिं देउवा प्रधानमन्त्री हुनेछन्।

पहिलो कुरा ओली प्रधानमन्त्री भएर कुनै लछारपाटो लाग्ने वाल छैन। केवल केहि दर्जन गिरिबन्धुहरु जस्ताका केश लुक्ने छन्। केहि दर्जन ज्यानमारा, भ्रष्ट, दालाल, कैदी र गुण्डा इत्यादीले मौका र राजनैतिक उन्मुक्ति पाउनेछन। 

त्यसपछि प्रधानमन्त्री बन्ने भनिएका देउबाले पनि अर्को लछारपाटो केहि पनि लाउन सक्दैनन। उसै पनि उनि आधा दर्जन भन्दा धेरै पटक प्रधानमन्त्री भैसके। उनि फेरी अर्को पटक पार्टी सभापति हुने पनि होइनन। केहि हिसाब मिलान बाहेक उत्पात हुनेवाला छैन।

दुबै पार्टीका नेताले नेतृत्व गर्ने सरकारको समयमा केहि नियुक्ति फेरिन्छन, ठेक्का-पट्टा फेरिन्छन, सरुवा-बढुवा हुन्छन। आम नागरिकको जीवन र नेपालको अर्थतन्त्र, उधोग-ब्यबसाय, परराष्ट्र नीति आदीमा केहि परिवर्तन ल्याउनेवाला छैन। सुमोना श्रेष्ठले जस्तो नतिजा आउने र नागरिकका काम गर्ने छैनन। त्यसैले आम नागरिकहरु उत्साहित हुने कुनै कारण छैन। 

यथार्थमा शेरबहादुर देउबा प्रधानमन्त्री र पार्टी सभापति भएपनि शक्ति केन्द्र चलाउने र आन्तरिक कुरा ब्यबस्थापन गर्ने काम डा. आरजु राणा देउबाले गरेकी छन् भन्ने कुरा कांग्रेसका सबैले बुझेका, देखेका र भनेका छन्। त्यो भन्दा त अब अर्को पटक बन्ने प्रधानमन्त्री डा. देउबालाइ बनाउँदा के फरक पर्ला र ?

फाइदा के के ?

  • डा. देउबा पहिलो पटक नेपालको महिला मध्येकी प्रधामन्त्री हुनेछिन। यसलाई मज्जाले मिडिया कभरेज गरेर भजाउन सकिन्छ। 
  • अर्को पटक नेपाली कांग्रेसको दोश्रो तहको नेत्री हुँदै पार्टी सभापति सम्मको लागि उनको नेतृत्व लिन बाटो खुल्नेछ।
  • जो शक्तिशाली छ उसैलाई नेतृत्व दियोभने ढोकामा कुर्नेहरुलाई कठिन हुनेछैन। 
  • कांग्रेस भित्रका रवैया नेताहरु गगन थापाहरुको सजिलै किनारा लाग्छन।
  • दर्जनौं आरोप पाइसकेपछि प्रधानमत्री भएर नै आरोप खानु अझै बढी उपयुक्त होला। 
  • यदि शेरबहादुर देउबालाई सफल मान्ने हो भने डा. देउबा झन् सफल हुनेछिन। 

बेफाइदा के के ?

  • आसेपासेबाट भ्रष्टाचार बढ्न सक्छ। 
  • आफूलाइ सभापतिलको लाइनमा मान्ने भ्रष्ट र बेइमानी पूर्णबहादुर खड्का जस्ताको असहयोग बढ्छ।
  • फाइदाको लागि आउने केहि कांग्रेसीहरु पाखा लाग्नेछन 
  • गगनका पछाडी लाग्नेहरु मध्ये केहि अन्य पार्टीमा जानेछन

संभव कसरी ?

  • आगामी पार्टी सभापति डा. शेखर कोइरालालाइ बनाएर डा. देउबालाइ उपसभापति बनाउने। पार्टी कोइराला र संसदको नेतृत्व डा. देउबाको। यसबाट गुटमा कमि आउँछ र सहि ब्यालेन्स हुन्छ। 
  • पढेलेखेका र जवान कांग्रेसीहरुलाइ अझै तिक्खर पारेर पालिका स्तरमा देखि निर्वाचित बनाउने पहल गर्ने।
  • सबै पालिका वडामा कम्तिमा ग्राजुएट, जवानहरुलाइ उम्मेदवार बनाउने 
  • यसबाट पार्टी नम्बर एक हुन्छ।

5 thoughts on “नेपालको अर्को पटक प्रधानमन्त्री देउबा की डा. देउबा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *