आज सेम्टेम्बर महिनाको पहिलो सोमबार, अमेरिकी Labor Day

Spread the love

आज सेप्टेम्बर १, २०२५ का दिन अमेरिकी लेबर डे परेको छ। U.S. Department of Labor (अमेरिकी श्रम विभाग) का अनुसार लेबर डे सेप्टेम्बर महिनाको पहिलो सोमबार मनाइने गरिन्छ। यो दिवस अमेरिकी कामदारहरूको सामाजिक र आर्थिक उपलब्धिहरूको लागि सुरु गरिएको वार्षिक उत्सव हो। 

यस बारे डिपार्टमेन्टले भनेको छ, उन्नाइसौं शताब्दीको अन्त्यतिर लेबर डे मनाउने चलन सुरु गरिएको हो। खासमा अमेरिकाको श्रमिकहरुको शक्ति र समृद्धिको योगदानलाई सम्मान गर्न यसलाई पब्लिक होलिडे समेत बनाइएको हो। 

सुरुमा पब्लिक होलिडे हुनुभन्दा पहिले, श्रम दिवसलाई केहि राज्यहरुले मात्र मान्यता दिएका थिए। १८८५ र १८८६ मा नगरपालिका संबन्धि अध्यादेशहरू पारित भएपछि, राज्य कानून सुरक्षित गर्न एक किसिमको प्रोटेस्टको सुरुवात भयो। न्यूयोर्क श्रमिक विधेयक पेश गर्ने पहिलो राज्य थियो। तर ओरेगनले फेब्रुअरी २१, १८८७ मा श्रम दिवसलाई मान्यता दिने कानून पारित गर्ने पहिलो राज्य भएको थियो। १८८७ मा चार थप राज्यहरू, कोलोराडो, म्यासाचुसेट्स, न्यू जर्सी र न्यूयोर्क राज्यले श्रम दिवसलाइ सिर्जना बिदा दिने कानूनहरू पारित गरे। 

त्यो दशकको अन्त्यसम्ममा कनेक्टिकट, नेब्रास्का र पेन्सिलभेनियाले पनि त्यसलाई पछ्याए। १८९४ सम्ममा थप २३ राज्यहरूले श्रमिक दिवस छुट्टी दिने कानुन अपनाएका थिए। अन्तत जुन २८, १८९४ मा अमेरिकी कांग्रेसले प्रत्येक वर्षको सेप्टेम्बरको पहिलो सोमबारलाई कानुनी रुपमा लेबर डे होलिडे बनाउने ऐन पारित गर्‍यो। 

श्रम दिवसको स्थापना र होलिडेको लागि प्रस्ताव कसले पहिलो पटक गरेको थियो भन्ने स्पष्ट छैन तर लबर डिपार्टमेन्टले दुई कामदारहरूले श्रम दिवसको संस्थापक उपाधिमा दाबी गर्न सक्छन् भनेको छ। डिपार्टमेन्टले दिएको रेकर्ड अनुसार १८८२ मा ब्रदरहुड अफ कार्पेन्टर्स एण्ड जोनर्सका महासचिव र अमेरिकी श्रम महासंघका सह-संस्थापक Peter McGuire र Matthew Maguire

लाई उल्लेख गरेको छ।

श्रम दिवसबारे पछिल्लो अनुसन्धान अनुसार, म्याथ्यू म्यागुइर पछि न्यु जर्सीको प्याटरसनमा रहेको इन्टरनेशनल एसोसिएसन अफ मेसिनिस्टको स्थानीय ३४४ का सचिव १८८२ मा न्यूयोर्कमा केन्द्रीय श्रम संघको सचिवको रूपमा सेवा गर्दा यो बिदाको प्रस्ताव गरेका थिए।