झुण्टिन्थ (Juneteenth) अर्थात अमेरिकी जुन १९ बारे

Spread the love

अमेरिकामा जुन्टिन्थ अर्थात जुन १९ जसलाई जुन्टिन्थ स्वतन्त्रता दिवस वा स्वतन्त्रता दिवस पनि भनिन्छ। अमेरिकामा दास बनाइएका अफ्रिकी अमेरिकीहरूको मुक्ति दिवसको सम्झनामा यो दिनलाइ जुन्टिन्थ भनिन्छ र यो दिन सार्वजनिक छुट्टीको दिन हो।

हरेक बर्षको जुन १९ लाइन जुन्टिन्थ भनेर स्वतन्त्रता दिवस मनाइन्छ। दास मुक्ति घोषणा दुई वर्षभन्दा पहिला नै भएता पनि टेक्ससको ग्याल्भेस्टनमा दास बनाइएका मानिसहरूमा स्वतन्त्रताको खबर पुगेको दिन भने जुन १९, १८६५ हो। त्यसैले यसको महत्व फरक रुपमा छ। 

जनवरी १, १८६३ मा गरिएको अमेरिकी दास मुक्ति घोषणापत्रले कन्फेडेरेट राज्यहरूमा दास बनाइएका मानिसहरूलाई स्वतन्त्र घोषणा गरे पनि सो आदेशको खबर र कार्यान्वयन केही ठाउँहरुमा विशेष गरी टेक्सासमा पुग्न ढिलो भएको थियो।

 जुन १९, १८६५ का दिन युनियन जनरल गोर्डन ग्रान्जर, टेक्सासको ग्याल्भेस्टनमा आइपुगे र उनले स्वतन्त्रता आदेश नम्बर ३ जारी गरे। त्यहि आदेशले टेक्सासका दास बनाइएका सबै मानिसहरू स्वतन्त्र भएको घोषणा गरेको थियो। त्यसैले जुन्टिन्थ स्वतन्त्रताको उत्सव हो र टेक्सासमा अफ्रिकी अमेरिकीहरूको मुक्ति ढिलाइ भएको भएता पनि मुक्तिले मान्यता पाएको दिन भएकाले यसको ऐतिहासिक महत्व छ।

आजकल जुन्टिन्थका दिन प्राय परेड, कुकआउट, शैक्षिक कार्यक्रमहरू र विभिन्न सांस्कृतिक गतिविधिहरू गर्ने गरिन्छ। यसका साथै यस दिन सार्वजनिक बिदाको दिन पनि भएकाले यात्रा र अन्य गतिबिधि पनि बढ्ने गर्छ। जुन्टिन्थ लाइ २०२१ मा मात्रै संघीय बिदा भनेर तत्कालीन राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेशद्वारा जुन्टिन्थ राष्ट्रिय स्वतन्त्रता दिवस कानूनमा हस्ताक्षर गरेका थिए। 

Leave a Reply