राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद सुमना श्रेष्ठले सोमबार बाध्य पारेर विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि राजीनामा शिक्षामन्त्रीको होइन प्रधानमन्त्रीको आउनु पर्नेथियो भनेकी छन्।
आफ्नो छोटो कार्यकालमा सफल शिक्षामन्त्री भएकी श्रेष्ठले यस्तो अभिव्यक्ति दिएपछि नेपाली संचारमाध्येमले यसलाई समाचारमा स्थान दिएका छन्। देशभरिका २० हजार बढी शिक्षकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो।
राजीनामा स्वास्थ्यको कारण भनेपनि कारण चाहिं प्रधानमन्त्री केपी ओलीको निजी स्वार्थको कारण रहेको कुरा एमाले नेताहरुले नै अभिव्यक्ति दिएका छन्। प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएको थियो।
पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले जथाभाबी बोल्ने गरेको भन्दै असन्तुष्टि व्यक्ति गरेकी थिइन्। त्यसपछि आफूसंग असहमति राख्ने भन्ने इगोहट नै रानीनामाको कारण बन्न पुग्यो।