Headlines

शिक्षामन्त्री भट्टराईको राजीना र एमालेको राजनैतिक क्राइसिस

पहिलो दिन देखि नै चरम अतिबादी हुँदै गएको नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकार पटक-पटक असफल भएको छ। एमालेले पेल्ने सत्ता साझेदार कांग्रेसले आँखा चिम्लने गर्दा यस्तो अवस्था आएको कुरा राजनैतिक वृत्तमा बोलिन्छ।

लामो समय देखि नेपालका शिक्षकहरु आन्दोलित छन।उनीहरुका माग पुरा गर्नुपर्ने कुरामा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले औपचारिक भाषणमा अनि बोले तर पनि एमालेले नेतृत्वको सरकारले त्यसलाई सुझाउन सकेन।

त्यसैकारण शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन्।

राजीनामा पत्रमा भट्टराईले स्वास्थ्यलाई कारण देखाएकी भएता पनि खासमा प्रधानमन्त्री ओलीले निजी स्वार्थको लागि दिएको निर्देशन नै मुख्य कारण भएको उनका निकटमहरु बताउछन्। उनि समस्या सुल्झाउन चाहन्थिन तर उनलाई रोकियो अन्तत राजिनामा दिन लगाइयो।

Leave a Reply