Headlines

डरले मरेको सरकार, भरले निस्केका पूर्वराजा, बज्रिने आम व्यक्तिको टाउकोमा

राजावादीहरूको शुक्रवार तीनकुनेमा आयोजना भएको शान्तिपूर्ण प्रदर्शनलाइ स्थितिलाई नियन्त्रण लिने नाउँमा प्रहरीको बज्र लाठीपछि एक्कासी उग्र हुँदै हिंसात्मक बन्न पुग्यो। उसो त प्रशासनलेनै राजावादीहरूलाई तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने स्थान तोकेको बताइन्छ। राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ आफैँले गाडी चलाएर निषेधित क्षेत्र तोडेको आरोप छ।

यो सबै देखेर पछिल्लो समय नेपालको बिशेष गरेर कम्युनिष्ट त्यसमा पनि एमालेहरु डरले मरेका छन्। त्यसैले दमनको आदेश र निषेधित क्षेत्र तोड्ने योजनाबीच स्थिति असामान्य भएको हो। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन सुरुमा लाठी प्रहार, अश्रुग्याँस र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन सकेन। 

राजावादीहरूले कान्तिपुर टिभी, अन्नपूर्ण पोस्ट कार्यालय भवन, नागरिक उड्डयन प्राधिकरणको, कोटेश्वको प्रहरी विट लगायत भवनमा आगजनीको प्रयास गरेको देखाइन्छ। यसैबीच नेपालको सरकार पारिवार्वन हुने संकेत पनि देखिएको छ।

Leave a Reply