Headlines

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान-प्रदान कार्यक्रम गर्दै

अमेरिका, २६ मार्च । जय नेपाल इन्टरनेशनल फाउन्डेसन- ग्लोबल युथ नेटवर्कले अप्रिल १२, २०२५ मा नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको छ। यस कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यतामा हुन् लागेको ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले जानकारी दिनु भयो।

देश तथा बिदेशमा रहनुभएका नेपालीहरुका बिचमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले यस वेबिनार राखिएको हुँदा सबैलाई जोडिनको लागि संस्थाका अध्यक्ष डा. यादव पण्डितले अनुरोध गर्नु भयो ।

अमेरिका र अन्य देशमा गरेर फाउन्डेसनका ३८ च्याप्टर घोषणा भैसकेका छन । मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले यस संस्थाको स्थापना भएको छ। जय नेपाल फ़ाउनेसन्ले विश्व भरिका युवा हरुको संजाल “गोल्बल युथ नेटवर्क “, महिला हरूको “ग्लोबल वुमेन नेटवर्क ” पत्रकार को “ग्लोबल मिडिया नेटवर्क”, बिज्ञहरुको “ग्लोबल नलेज नेटवर्क ” र खेलाडीहरुको “ग्लोबल स्पोर्ट नेटवर्क ” मार्फत विभिन्न कार्यक्रम आयोजना गर्दछ । संस्थाको अन्तर्राष्ट्रिय अध्यक्षमा डा. यादव पण्डित रहेका छन् भने नेपालको अध्यक्षमा बद्री अर्याल रहेका छन्। नेपालमा सिंहदरबारको पूर्वी गेट छेउमा संस्थाको सम्पर्क कार्यालय रहेको छ।

कार्यक्रममा जोडिनको लागि जुम लिंक

जुम आईडि: ९८८ २८७० ६६५६

कोड: २०२५

समय:

  • नेपाली समय: चैत्र ३०, २०८१ शनिवार (अप्रिल १२, २०२५ साँझ ०६ः०० बजे)
  • न्युयोर्क समय: अप्रिल १२, २०२५ बिहान ०८ः१५ बजे
  • टेक्सस समय: अप्रिल १२, २०२५ बिहान ०७ः१५ बजे
  • क्यालिफोर्निया समय: अप्रिल १२, २०२५ बिहान ०५ः१५ बजे
  • बेलायत समय: अप्रिल १२, २०२५ दिउसो ०१ः१५ बजे

Leave a Reply