Headlines

एनआरएनए सदस्यता लिने क्रम तिब्र, मे ३-५ को महाधिवेशनमा उपस्थित हुन उच्चस्तरीय समितिको आह्वान

विज्ञप्ति

फेब्रुअरी २७, २०२५

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले संसारभरि रहेका गैरआवासीय नेपालीहरूलाई संघको वेबसाइट https://nrnahlc.com/ मा गएर सदस्यता लिन र आउँदो मे ३-५ मा हुने महाधिवेशनमा काठमाडौँमा भेलाभएर संस्थालाई एकजुट बनाउन आग्रह गर्नु भएको छ।

उच्चस्तरीय समितिद्वारा फेब्रुअरी २७, २०२५ बिहीबार भर्चुएल माध्यमद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै संयोजक डा. घलेले संघको इतिहासमा आगामी अधिवेशन एउटा कोशे ढुंगा हुने बताउनु भयो। यो एनआरएनएको जग हाल्ने अवसर हो। हाम्रो संस्थालाई रुपान्तरण गर्ने अवसर हो। हामीले अधिवेशनबाट नयाँ विधान बनाउने छौं। यो कमिटिको एकदमै बलियो म्यान्डेट छ। कसैलाई दोष दिनु भन्दा पनि ऐतिहासिक उपलब्धिको रुपमा लिएर कहिल्यै पनि विवादनहुने गरी अगाडी बढ्ने अवसर हो, उहाँले भन्नु भयो।  

हाम्रो संस्था अहिले सम्म (२२ वर्ष सम्म) “टप डाउन” एप्रोचमा चलेको थियो। त्यसैले यो ठुलो समस्या आएको हो। मुख्य समस्या भनेको संघको सदस्यता र महाधिवेशन प्रतिनिधि छनोटमा भएको पाइयो। बिगतको यो समस्यालाइ सर्वोच्चले पहिल्यायो र परमादेश दियो। त्यसैले हामीले “बटम अप” एप्रोच गर्दै सबै एनआरएनहरुलाइ सदस्य बन्न र सबै पंजीकृत सदस्यहरुलाइ प्रतिनिधि (डेलिगेट्स) बन्न खुला ग-यौं। यतिमात्र होइन अब नयाँ विधानमा मुख्य ४ कुरा हुनेछन। नेपाल सरकारकारको ऐन अनुसारका सबै एनआरएनहरुले सदस्य बन्न पाउने, सबै सदस्य प्रतिनिधि हुन पाउने, सबै प्रतिनिधि नेपाल आउनु पर्ने र सबै प्रतिनिधिले कुनै पनि अफिसमा रन गर्न अर्थात उम्मेदवार हुन पाउने भन्ने कुरा राख्नु प-यो। यसबाट संघ पूर्ण प्रजातान्त्रिक हुनेछ। त्यसैले बढी भन्दा बढी साथीहरु काठमाडौँमा आउनुभयो भने ठूलो सफलता हुनेछ।तपाईंहरुको सहभागिता विना यो सम्भव छैन, उहाँले भन्नु भयो।

संयोजक डा. घलेले सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले परराष्ट्र मन्त्रालयबाट पत्र पाए पछि अहिले सम्म १० वटा बैठक गरिसकेको बताउनु भयो। अब महाधिवेशनका लागि झन्डै २ महिना बाँकी छ। रातदिन काम गरौँ। हामीले  कति दुख ग-यौं आफ्नै भवन बनाउन तर अहिले उक्त भवन भाडामा लगाएको छ। त्यो लिजमा दिने, मुनाफा गर्ने ठाउँ होइन। हामीलाई आफ्नै भवनमा बैठक गर्न नदिए पछि हामीले क्याफेमा, होटेलमा गएर पनि बैठक ग-यौं। तर पनि हामी पछाडी सर्दैनौं अब कसैले पनि हामीलाई  रोक्न सक्दैन, उहाँले भन्नु भयो।

आफ्नो स्वागत मन्तव्यमा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले आफुहरुले हिजो पनि एकता गर्नुपर्छ भनेर प्रयास गरेको र तत्कालिन प्रधानमंत्रीको रोहबरमा पनि एकताका लागि प्रयास गरेको स्मरण गर्नुभयो। हाम्रोएकता नहुँदा गैर आवासीय नेपाली नागरिकताको हालत कस्तो भएको छ? सामाजिक सुरक्षा कोषमा हामीलेगरेको सहकार्यका कारण विदेशमा निधन भएका नेपालीहरुको शव स्वदेश ल्याउने व्यवस्था भै रहेको छ। अब सर्वोच्चको फैसला र परराष्ट्रको निर्देशन अनुसार एकताको सूत्रमा जोडिन म आग्रह गर्छु, उहाँले भन्नु भयो।  

उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले कतिपय राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले अप्रिल महिनाभित्रै अधिवेशन गर्न समस्या भै रहेको जनाएको बताउनु भयो। तपाईंहरुको केही समस्या छ भने हामीलाई जानकारीदिनोस्। राम्रोसंग टीओआर हेर्नोस् । हामीहरुसंग एमओयु गर्नोस्, कुँवरले भन्नुभयो। उहाँले परराष्ट्र मन्त्रालयलेबनाएको क्राइटेरिया पुरा गर्ने जो कोही एनआरएनएको पंजीकृत सदस्य नेपाल आएर डेलिगेट्स बन्न सक्ने रमतदान गर्न सक्ने बताउनु भयो। एनसीसीको आफ्नो पोर्टलमा वा उच्चस्तरीय समितिको पोर्टल (www.nrnahlc.com) मा गएर  सदस्य बन्न पनि आग्रह गर्नु भयो। 

उच्चस्तरीय समितिकी सदस्य जानकी गुरुङले उच्चस्तरीय समितिको पोर्टलमा सदस्यताको लागि निवेदन आइरहेको र समितिले छानबिन गरी सदस्यता दिने काम सुरु गरि सकेको जनाउनु भयो। उहाँले आवेदकहरुलाईभिसा भएको पासपोर्टको फोटो अपलोड गर्न पनि अनुरोध गर्नु भयो।  

त्यसैगरी उच्चस्तरीय समितिकी अर्की सदस्य रबिना थापाले एकताको लागि समितिले निकै प्रयास गरिरहेको जनाउँदै आगामी मेमहिनामा काठमाडौँमा हुन गइरहेको अधिवेशन नै एकमात्र वैधानिक अधिवेशन भएको बताउंदै संस्थामा लामो समयदेखि चलिरहेको विवादलाई समाधान गरी एकताबद्ध एनआरएनए बनाउन सबैलाई अपिलपनि गर्नुभयो।

अन्तरक्रियामा सहभागी एनआरएन अगुवा तथा पदाधिकारीहरुले एनआरएनएका सबै पक्षलाई एकताअधिवेशनमा भाग लिन र सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन अनुरुप संघको केन्द्रीयसचिवालयको सम्पूर्ण जिम्मेवारी उच्चस्तरीय समितिलाई बुझाउन आग्रह गर्नु भएको थियो। उहाँहरुले सदस्यता निवेदनका लागि बुझाइएका कागजातहरु गोप्य र सुरक्षित रहने व्यवस्था गर्न पनि आग्रह गर्नुभयो। सहभागीहरुलेराखेका जिज्ञासाहरुको अध्यक्ष घलेले जवाफ दिनु भएको थियो।

सर्वोच्च अदालतको फैसला अनुसार गठित एनआरएनए उच्चस्तरीय समितिले अहिलेसम्म गरेका कामकारवाहीतथा आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा आयोजना हुन गैरहेको एकता महाधिवेशनको तयारीको बारेमाजानकारी दिन जुम बैठक आयोजना गरेको थियो।

Leave a Reply