Headlines

केप कडमा भब्यताका साथ लोसार साँझ-२०२५ सम्पन्न

संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा रहेको नेपालीहरूको साझा संस्था केप कड नेपाली समाजले सधैंझै विभिन्न नेपाली मौलिक चाडपर्वहरू मनाउने क्रममा यस वर्षको लोसार पर्व (लोसार नंयावर्ष २१५२- सर्पवर्ष) समाजका अध्यक्ष केबी राईको अध्यक्षता र  छेजी शेर्पा-एन्ड्रूको संयोजकत्वमा फेब्रुअरी महिनाको १६ तारीख, आइतबारका दिन Hyannis स्थित Cape Cod Irish Village को सभाकक्षमा भब्यताका साथ सम्पन्न गरिएको थियो। केप कड नेपाली समाज द्रुत गतिमा अगाडी बढिरहेको र बर्ष दिन भित्रमा धेरै नेपाली चाडपर्व हरू मनाउने कार्यक्रम गरिसकेको र आगामी दिनहरूमा पनि मनाउदै जाने कुरा जानकरी दिइयो। 

नेपाली संस्कृति झल्किने विभिन्न मौलिक भेषभुषामा सजिएका केप कडका स्थानीय बाल कलाकारहरू, मिंग्मा लाह्मु शेर्पा, डिचेन डोल्मा शेर्पा, पासंग डोल्मा शेर्पा, फुर्वा शेर्पा र जिग्मे शेर्पा द्वारा स्वागत नाच प्रस्तुत गरि लोसार विशेष सांस्कृतिक कार्यक्रमको शुरुआत गरिएको थियो। कार्यक्रममा कलाकारहरूको विभिन्न समुहले सामूहिक रूपमा प्रस्तुत गरिएका नेपाली समुदायको विभिन्न मौलिक भेषभुषा, परम्परा र सांस्कृतिलाइ प्रतिबिम्बित गर्ने शेर्पा नाच, तिब्बतियन नाच, तामागं नाच र गुरुंग नाचहरूको प्रस्तुतिले लोसार सांझको विशेष रौनकता बढाएको थियो।प्रतिकुल मौसमको बावजूद पनि केप कड तथा वरिपरि विभिन्न क्षेत्रहरूबाट धेरै समुदायहरूको सहभागिता रहेको उक्त कार्यक्रममा २०० जना भन्दा बढीको उपस्थिति रहेको थियो।

Leave a Reply