संसदका दुइ ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले ल्याएको असंबैधानिक अध्यादेशहरु फेल भएसँगै यो सरकार पनि टुट्ने दिनगन्ति सुरु भएको छ।
शनिबार साँझ मात्र गृहमन्त्री रमेश लेखकले पेश गरेको नागरिकता संबन्धि असंबैधानिक अध्यादेश संसदमा रास्वपाको कोरम गणनाको चुनौती संगै २७५ सिटमा ६८ जना मात्र उपस्थित भएकाले फेल भयो। संसद स्थगित भयो। संसदमा उपस्थितको एक चौथाइ पनि नहुनुलेसँगै यो ठाडो चुनौती हो। १५२ सांसद हाजिर गरेर जानु भएको सत्ता गठबन्धनमा नै असमाहित छ भन्ने हो।
उसै पनि यो सरकार पापी छ। अपराधीलाई मुद्धा नै गर्दा गर्न रोक्छ र सुद्ध व्यक्तिहरुलाइ अनावश्यक मुद्धा जोडेर जान्छ। अदालतबाट दोषी भएकालाइ आम माफी गाएर उन्मुक्ति दिन्छ। आफूलाई सुरक्षित गर्न नगरिकक त् कुरै छाडौं, सत्ता टिकाउन जे-सुकै पनि गर्छ। सरकारको पस्तावमा २९ पुसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट स्वीकृत ५ वटा अध्यादेशहरु संसदमा पेश गरिएका सबै असंबैधानिक अध्यादेशहरु स्वतह फेल हुने भएका छन्।
भूमिसम्बन्धी अध्योदश भूमाफिया र दलहरुको भ्रष्टाचार गर्ने योजना हो। यसमा अहिलेको भ्रष्ट सरकरको चासो धेरै रहेको छ। नेताहरुले अध्यादेशमा जसपा नेपाल, लोसपा सहित सत्ता साझेदार दलका नेताहरू मनाउन तत्काल अध्यादेश अगाडि नबढाउने निर्णय गरिएको भएपनि ति दलहरुको अस्थित्व धरापमा पर्ने भएकाले अध्यादेशमा सहमति हुने अवस्था छैन।
यति मात्र होइन कांग्रेस–एमाले नेतृत्वबीच अध्यादेशमा सहमति भएपनि सांसदहरुमा सहमति छैन। शिर्षनेताले अध्यादेश पारित गर्ने होइन संसदले पारित गर्ने हो जहाँ सरकारको कोरम पुग्दैन। अन्तत फेल हुने भएपछि अध्यादेश फिर्ता लिने लाइनमा सारकार पुगेकोछ।