Headlines

सान फ्रान्सिस्कोको नेपाली भाषा स्कुलमा वसन्त पंचमी मनाइयो

क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियामा नेपाली भाषा पढाउने कक्षा केहि बर्ष देखि संचालनमा छ। नेपाली बालवालिकाहरुलाई नेपाली भाषा बोल्न र लेख्न सिनाउने उद्येश्यले स्थापित सिलिकनभ्याली भाषा स्कुलले यस वर्ष वसन्त पंचमी मनाएको छ। सन्निभेलको सेरापार्ककमा आयोजित उक्त कार्यक्रममा १६० भन्दा धेरैजनाको सहभागिता रहेको कुरा आयोजकहरुले बताएका छन्।

कार्यक्रममा पण्डित चक्रपाणी अर्यालले वैदिक विधिबद्वारा सरस्वतीको पूजा गराएका थिए। पूजापश्चात ४८ जना बालबालिकाहरुलाई सरस्वतीको प्रतिक स्वरूप कलम कापी वितरण र उपस्थित सबैलाई चिया र प्रसाद व्यवस्था गरियो। भाषा स्कुलकी संस्थापक शिक्षिका गीता बजगाईॅको संयोजनमा भएको कार्यक्रम सम्पन्न भएको हो। 

स्कुल सन्निभेल पब्लिक लाइब्रेरीमा प्रत्येक आइतबार बेलुका ४ बजे देखि ६ बजे सम्म संचालित छ। शिक्षिका गीता बजगाईॅका अनुसार भाषा स्कुलले बालवालिकालाई कक्षा कोठामा पठनपाठन, नेपाली चाडपर्व, रितीरिवाज, धर्म संस्कृति लगायतका कुरा पनि सिकाउने गरेको छ।