Headlines

ओलीका दास योगेश, ढल्यो-ढल्यो गाउने ओली

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले योगेश भट्टराईहरू एमालेमा खड्गप्रसाद ओलीको दास भएर बसेको आरोप लगाएका छन्। यसपूर्व एमाले नेता भट्टराईले प्रतिनिधिसभाको बैठकमा नै अध्यादेशबाटै जन्मेको पार्टीले अध्यादेशको विरोध गरेको नसुहाएको भन्दै एकीकृत समाजवादीलाइ तिखो जवाफ दिएका थिए।

त्यसको जवाफ दिँदै एसका अध्यक्ष नेपालले भने, आफूहरूले अध्यादेशको विरोध गर्दा प्रतिवाद गर्ने मध्ये एमालेकै एक जना सांसद पहिला विद्रोह गर्नुपर्छ भन्ने सबै भन्दा ठुलो आवाज उठाउने मध्ये थिए तर अहिले उनलाई सबभन्दा बढ्ता पोलेछ। दास भएर बस्नुपर्छ तर नेता हुनुहुँदैन भन्ने मान्यता उनमा थियो र छ। तर हामी दास हुन चाहेनौँ।

अध्यक्ष नेपालले विपक्षीहरू सरकार ढाल्न नलागे, बरु प्रधानमन्त्री ओली आफैँले सरकार ढल्यो ढल्यो भन्दै संसदमा पनि गीत गाउन थालेका छन्। अहिले सरकारकै कारण सबै तिर निराशा छाएको छ। संविधान संशोधन जस्तो विषय अपरिपक्व ढंगले प्रधानमन्त्रीको कबिता वाचन जस्तो आएकाले सरकार बन्दाको नियत के भएको भन्ने समेत स्पष्ट भएको छ।

Leave a Reply