नेपालमा हजारौं सहकारी डुबानमा छन् तर त्यसप्रति अहिलेको सरकार चुप छ। रास्वपाका सभापति एउटा रवि लामिछाने माथि मुद्धै-मुद्धा थप्दै राजनीतिमा प्रतिसोधी एकल एजेन्डामा छ कांग्रेस-एमाले सरकार।
एकाले र काग्रेसलाइ अचम्मै लाग्दो हो, रास्वपा सभापति लामिछानेलाइ धरौटी राख्न आवश्यक परे धेर-थोर रकम पिच गर्न खुशी हुनेहरुको लहर नै चलेको छ। आर्कोतिर कांग्रेस र एमाले पार्टीलाइ गाली गर्नेको संख्या लामिछानेलाइ सहयोग गर्नेको भन्दा सयौंगुणा धेरै छ। यसको अर्थ सरकार सहि रुपमा गएको छैन भन्ने हो। सत्ता साझेदार दल कांग्रेसका केहि नेताले पनि असंतुष्टी व्यक्त गर्न थालेका छन्। महामन्त्री विश्वप्रकाश शर्माले भनिएको सोसल मिडिया कानुको बोरोध गरेका छन्।
पछिल्लो चार महिनाका नेपाली राजनैतिक पिडामा पारिएका रास्वपाका सभापति रवि लामिछानेलाइ देश दौडाहा गराइएको छ। शरीर र मानसीक रुपमा लामिछाने, उनका परिवार र पार्टीलाइ पिडा भएपनि दलको भविष्यको हिसाबले भने फाइदा भएको राजनैतिक विश्लेषण गर्नेहरु पनि छन्।
बिबिसी नेपालीले रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झालाइ उदृत गर्दै भनेको छ, उहाँले तीनै ठाउँमा ब्याङ्क ग्यारेन्टी पेस गर्नुभएको हो। ब्याङ्क ग्यारेन्टीका लागि उहाँका आफन्त, पार्टी शुभेच्छुक, व्यावसायिक पृष्ठभूमिका पार्टीका सदस्यहरूले र विदेशमा रहने नेपाली समुदायले पनि रकमको जोहो गरिदिनुभएको थियो। अदालतले आदेश दिनुअघि नै पार्टीले सम्भावित परिणामको आकलन गरेर रकमको जोहो गरिरहेको थियो। धरौटी पनि मागिन सक्छ भनेर हामी मानसिक रूपमा पहिल्यैबाट तयार थियौँ र विदेशमा रहेका नेपाली र नेपालमै रहेका समर्थक तथा पार्टी सदस्यहरूबाट क्राउड फन्डिङ सुरु गरेका थियौँ।
नेपालका थोत्रा दलका स्वार्थी नेता भन्दा नयाँ बनेको रास्वपा र यसका सभापति रवि लामिछाने कयौं गुणा अगाडी रहेछन।
१. लामिछानेले आफू गिरफ्तार हुनु पहिला नै भिडियो बनाएर गिरफ्तारी हुने कुरा जस्ताको तस्तै आफू माथि हुनसक्ने प्रताडहरु पनि बताएका थिए। इन्टेलिजेन्समा उनि सफल रहेछन।
२. धरौटी रकम तिर्न पर्ने हुनसक्छ भनेर त्यसको पूर्व तयारी रहेछ। सहयोग दिनेहरु ब्यापारी, पार्टी, देश र विदेशमा बस्ने नेपाली समुदाय सबैखाले रहेछन। यसको अर्थ उनीहरु प्रति मानिसहरुको भरोसा रहेछ।
३. यो सबै जान्ने रास्वपा र यसका सभापति रवि लामिछानेलाइ जिल्ला जिल्लाका अदालत धाउनुको सट्टा सोझै सर्वोच्च अदालत गएर सबै मुद्धा खिच्न सकिन्छ भन्ने थाहा छ। तर किन गएनन ?
४. गिरफ्तार हुने बित्तिक्कै अस्पताल भर्ना हुने भ्रष्ट राजनैतिक आचरण भएको देशमा उनले त्यो किन देखाएनन ? जब चितवनमा उनी बिरामी नै थिए एउटा सामान्य ओभर द काउन्टर औषधी पनि किन दिएनन सरकारी पक्षले? किन ब्लड प्रेसर चेक गर्न पनि दिएनन ? यसको जवाफ कुनै दिन लामिछानेले बताउलान।
५. सबै प्रमाण र गतिबिधिको अध्ययन गरेर अहिले यति चाहिं भन्न सकिन्छ, जब बाँकी दुइ जिल्लाको प्राथमिक फैसला आउँछ अनि रास्वपा र यसका सभापति रवि लामिछानेले के गर्छन ? त्यसको मूल्य एमाले र कांग्रेसले बर्षौं चुकाउनु पर्छ।