Headlines

सामाजिक सञ्जालसम्बन्धी विधेयक कांग्रेसलाई स्वीकार्य छैन:महामन्त्री शर्मा

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले प्रतिनिधि सभामा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक कांग्रेसलाई स्वीकार्य नभएको बताएका छन् । यसअघिको सरकारले पनि सोहि उक्त विधेयक ल्याउँदा कांग्रेसले विरोध गरेको भन्दै आफू कांग्रेसको प्रवक्ता छँदा बोकेको दृष्टिकोण महामन्त्री हुँदा पनि नबदलिने बताएका छन्। 

अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने ढंगले प्रेस काउन्सिलजस्ता निकायले हेर्ने कुरालाई फौजदारी हिसाबले हेर्नेगरी विधेयकमा आउन हुँदैन। देश दृष्टि बदलिन्नँ, विधेयक बदलिन्छ, सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता र प्रतिपक्ष, अन्य दल, सरोकारवाला र नागरिकपंक्तिबिच गहन संवाद जरुरी छ। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य हिजो जसरी थियो, आज पनि त्यसरी नै अस्वीकार्य छ।

महामन्त्री शर्माले उक्त विधेयक निर्माण गर्दा सत्तारुढ दलको संयन्त्रसँग सल्लाह भएको भएपनि कांग्रेस पार्टीले मान्दैन। पार्टीका आदरणीय सभापतिसँग सहमति गरेर प्रधानमन्त्रीले गर्नुभएको छ भनेपनि महामन्त्रीले कांग्रेसको कार्यालयमा उभिएर भन्छ त्यो पनि मान्दैन।

Leave a Reply